२०८३, १८ कार्तिक बुधबार

बझाङमा जीप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, ६ जना गम्भीर घाइते

बझाङमा जीप दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु, ६ जना गम्भीर घाइते


बझाङ । बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौर नजिकै डाँडाइजर सुडेधार खोलामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्।

स्थानीयबाट प्राप्त जानकारीअनुसार काँडाचौरका स्थानीय बासिन्दा बोकेर बाग्थलातर्फ आउँदै गरेको से ००१ च ४३७६ नम्बरको जिप ब्रेक फेल भई बिहान ८:४५ बजे अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा परी ज्यान गुमाउनेमा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका गोपाल धामी र पवित्रा धामी रहेका छन्। उनीहरू दुवैको घटनास्थलमै मृत्यु भएको स्थानीय दलबहादुर धामीले जानकारी दिनुभएको छ।

प्रहरीका अनुसार उक्त जीपका चालक बुङ्गल नगरपालिका–२ गिरौँका मोहन धामी हुन् भने जिप केदारस्युँ गाउँपालिका–७ का वडाध्यक्ष चन्द्र धामीको रहेको खुल्न आएको छ। दुर्घटनामा परि ६ जना घाइतेको अवस्था गम्भीर रहेको छ भने अन्य ७ जनाको अवस्था भने सामान्य रहेको बताइएको छ। घाइतेहरूको उद्धार तथा थप उपचारका लागि स्थानीय बासिन्दा र प्रहरी टोली घटनास्थलमा खटिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८३, १८ कार्तिक बुधबार  ११ : १५ बजे

काठमाडौंमा प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशन (तस्वीरमा)

काठमाडौं । नेकपा (एमाले) की वरिष्ठ नेतृ एवं पूर्वराष्ट्रपति विद्यादेवी

एमालेविरुद्धका भ्रम चिर्न तथ्य र प्रमाणसहित मैदानमा उत्रिनुपर्छ : विद्या भण्डारी

काठमाडौं । नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी

ट्रम्पलाई मध्यावधि निर्वाचनमा ठूलो झट्का, अमेरिकी संसद्का दुवै सदनमा डेमोक्र्याटको बहुमत

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मध्यावधि निर्वाचनमा ठूलो राजनीतिक

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन सुरु, ३८ देशका ३५० प्रतिनिधि सहभागी

काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन