२०८३, १५ कार्तिक आईतबार

काठमाडौं उपत्यकामा २४ घण्टामा १५१ सवारीसाधन कारबाहीमा

काठमाडौं उपत्यकामा २४ घण्टामा १५१ सवारीसाधन कारबाहीमा


काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १५१ सवारीसाधनमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ।

उपत्यका ट्राफिक प्रहरीका अनुसार आइतबार बिहान ६ बजेसम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ८४ जना चालक कारबाहीमा परेका छन्।

त्यस्तै, सीसीटीभी निगरानीबाट ५, ट्राफिक बत्तीको संकेत (रेड लाइट) उल्लङ्घन गर्ने ३, लेन अनुशासन पालना नगर्ने १ तथा सवारीसाधनको अवस्था ठीक नभएका २ जनामाथि कारबाही गरिएको छ।

यसैगरी, अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ५६ सवारीसाधनमाथि पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक नियम उल्लङ्घनका घटनामा मापसे गरी सवारी चलाउने चालकको संख्या सबैभन्दा बढी देखिएको छ। प्रहरीले सवारी दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम गर्न नियमित निगरानी तथा कारबाहीलाई निरन्तरता दिएको जनाएको छ।

प्रकाशित मिति : २०८३, १५ कार्तिक आईतबार  ९ : २५ बजे

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग

काठमाडौं उपत्यकामा २४ घण्टामा १५१ सवारीसाधन कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १५१ सवारीसाधनमाथि

इनम प्रकरण र न्यायालयको दुरावस्था 

अधिवक्ता चिरञ्जीवी नेपाल  न्यायपालिका व्यवस्थापिका र कार्यपालिका राज्य सञ्चालनका प्रमुख

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (आइतबार) बस्ने