२०८३, १५ कार्तिक आईतबार

शे-फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि हेलिकप्टर माग

शे-फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि हेलिकप्टर माग


सुर्खेत । डोल्पाको शे–फोक्सुन्डो क्षेत्रमा अत्यधिक हिमपातका कारण दुई महिलासहित ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्। उनीहरू धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ स्थित फोक्सुन्डो तालतर्फ फर्किने क्रममा नुमला पास र वागला पास क्षेत्रमा हिउँमा फसेको आशंका गरिएको छ। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएपछि पर्यटकहरू समस्यामा परेका हुन्। स्थानीयवासी र गाइडले मौसम प्रतिकूल रहेको भन्दै यात्रा नगर्न सचेत गराए पनि उनीहरू अघि बढेको बताइएको छ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार पर्यटकहरू धोबाट फोक्सुन्डो तालतर्फ फर्किने क्रममा सम्पर्कविहीन भएका हुन्। उक्त क्षेत्रमा मोबाइल नेटवर्कसमेत नहुँदा उनीहरूको अवस्थाबारे जानकारी लिन कठिन भएको छ।

उपल्लो डोल्पामा २४४ पर्यटक

जिल्ला प्रशासन कार्यालयका अनुसार हाल उपल्लो डोल्पामा २४४ जना पर्यटक रहेका छन्। तीमध्ये १४९ जना नेपाली, ४४ जना सार्क मुलुकका र ५१ जना अन्य विदेशी नागरिक छन्। सम्पर्कविहीन भएका ६ भारतीय पर्यटक पनि यही सूचीमा रहेको प्रशासनले जनाएको छ।

खोजी तथा उद्धारका लागि हेलिकप्टर माग

डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार ६ जना पर्यटक अझै सम्पर्कमा आएका छैनन्। उनीहरूको खोजी तथा उद्धारका लागि हेलिकप्टर उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरिएको छ। प्रतिकूल मौसम, बाक्लो हिमपात र सञ्चार सम्पर्कको अभावले उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। नेपाली सेनाको टोलीसमेत खोजी तथा उद्धारका लागि परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी हमालले बताएकी छन्। सम्पर्कविहीन पर्यटकको अवस्था अझै अज्ञात रहेकाले सुरक्षा निकायले उनीहरूको खोजीलाई प्राथमिकतामा राखेको जनाएको छ।

प्रकाशित मिति : २०८३, १५ कार्तिक आईतबार  ९ : १६ बजे

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग

काठमाडौं उपत्यकामा २४ घण्टामा १५१ सवारीसाधन कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १५१ सवारीसाधनमाथि

इनम प्रकरण र न्यायालयको दुरावस्था 

अधिवक्ता चिरञ्जीवी नेपाल  न्यायपालिका व्यवस्थापिका र कार्यपालिका राज्य सञ्चालनका प्रमुख

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (आइतबार) बस्ने