२०८३, १२ कार्तिक बिहीबार

सभामुख अर्यालसँग रविको २० मिनेट भेट, अघिल्लो दिन बालेनसँग चार घण्टा छलफल

सभामुख अर्यालसँग रविको २० मिनेट भेट, अघिल्लो दिन बालेनसँग चार घण्टा छलफल


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग सिंहदरबारस्थित उहाँकै कार्यकक्षमा करिब २० मिनेट भेटवार्ता गरेका छन्।

सभामुखको सचिवालयका अनुसार भेट अनौपचारिक थियो। भेटमा के–कस्ता विषयमा छलफल भयो भन्नेबारे भने विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।

लामिछानेको यो भेट प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग भएको लामो छलफलको भोलिपल्ट भएको हो। बुधबार प्रधानमन्त्री शाह र लामिछानेबीच करिब चार घण्टा भेटवार्ता भएको थियो।

प्रधानमन्त्रीसँगको चार घण्टे छलफल र त्यसको भोलिपल्ट सभामुखसँग भएको भेटले राजनीतिक वृत्तमा चासो बढाएको छ। यद्यपि, दुवै भेटको औपचारिक एजेन्डा र निष्कर्ष सार्वजनिक भएका छैनन्।

प्रकाशित मिति : २०८३, १२ कार्तिक बिहीबार  ५ : ०७ बजे

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल

एनपीएल : कर्णालीले टस जित्यो, विराटनगरलाई ब्याटिङ

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली