२०८३, ११ कार्तिक बुधबार

एन्फा विवादमा नयाँ मोड : कार्यालयको ताला खुल्यो, १३ गते बैठकको तयारी

एन्फा विवादमा नयाँ मोड : कार्यालयको ताला खुल्यो, १३ गते बैठकको तयारी


काठमाडौं । लामो समयदेखि विवाद र गतिरोधमा फसेको अखिल नेपाल फुटबल संघ (एन्फा) मा निकास खोज्ने प्रयास अघि बढेको छ। वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का नेतृत्वको बहुमत कार्यसमिति सदस्यले बुधबार सातदोबाटोस्थित एन्फा कार्यालयको ताला खोलेका छन्।

कार्यालयको ताला खुलेसँगै आगामी कात्तिक १३ गते कार्यसमिति बैठक बोलाउने तयारी गरिएको छ। नेपाली फुटबललाई अनिश्चितताबाट बाहिर निकाल्ने उद्देश्यसहित बैठकमा फिफाको प्रतिबन्ध, सरकारसँगको सहकार्य र विभिन्न तहका निर्वाचनमा देखिएका अवरोधबारे छलफल गर्ने तयारी छ।

वरिष्ठ उपाध्यक्ष खड्काका अनुसार एकतिहाइभन्दा बढी सदस्यले बैठक माग गरे पनि २१ दिनसम्म बैठक नबोलाइएपछि विधानको व्यवस्थाअनुसार २२औँ दिनमा कार्यालयको ताला खोलेर बैठकबारे छलफल गरिएको हो।

खड्काले अध्यक्ष, महासचिवसहित सबै कार्यसमिति सदस्यलाई बैठकमा सहभागी हुन आग्रह गरेका छन्। बैठकको उद्देश्य नेतृत्व परिवर्तन वा कसैलाई निषेध गर्नु नभई एन्फाभित्रको विवाद समाधान गरेर नेपाली फुटबललाई गति दिनु रहेको उनले बताएका छन्।

तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले प्रतिबन्ध लगाएपछि नेपाली फुटबल प्रभावित हुँदै आएको छ। संस्थाभित्रको विवादले फुटबल प्रशासन र निर्वाचन प्रक्रिया अवरुद्ध भइरहेका बेला ताला खुल्नुले समाधानको बहसलाई फेरि अघि बढाएको छ।

अब कात्तिक १३ गतेको बैठकमा सबै पक्ष सहभागी हुन्छन् कि हुँदैनन् र विवाद समाधानका लागि ठोस सहमति जुट्छ कि जुट्दैन भन्ने विषय नेपाली फुटबल वृत्तको मुख्य चासो बनेको छ।

प्रकाशित मिति : २०८३, ११ कार्तिक बुधबार  २ : १५ बजे

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल