काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न भूभागमा आंशिक बदली हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ।
आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली हुने अनुमान गरिएको छ। देशका अन्य भूभागमा भने मौसम मुख्यतः सफा रहनेछ।
महाशाखाका अनुसार आज राति देशभर आंशिक बदली रहनेछ।







प्रतिक्रिया