२०८३, ९ कार्तिक सोमबार

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान


काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन र त्यहाँबाट आवतजावत गर्ने समुद्री मार्ग अब विगतको जस्तो नहुने बताएका छन् ।

इरानको सरकारी समाचार संस्था इरनाका अनुसार आइतबार राजधानी तेहरानमा आयोजित एक कार्यक्रममा उनले अमेरिका र इजरायलसँगको युद्धपछि पश्चिम एसियामा आधारभूत तथा रणनीतिक परिवर्तन भएको बताएका हुन् ।

‘नयाँ वास्तविकतालाई स्वीकार गर्नुपर्छ । होर्मुज जलमार्ग अब पहिलेको जस्तो हुने छैन र यसको व्यवस्थापन पनि विगतको जस्तो रहने छैन,’ अराघचीले भने । यस विषयमा वार्ता भइरहेको र आगामी दिनमा पनि वार्ता जारी रहने उनले बताए ।

अराघचीले क्षेत्रीय सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी बाह्य शक्तिभन्दा पनि क्षेत्रकै देशहरूको हुनुपर्नेमा जोड दिए । आफ्नो स्वार्थ र इजरायलको सुरक्षाका लागि यस क्षेत्रमा आएका विदेशी शक्तिहरूको निरन्तर उपस्थितिले क्षेत्रीय असुरक्षा बढाउने उनको भनाइ थियो ।

इरान क्षेत्रका सबै देशसँग सहकार्य गर्न तयार रहेको पनि उनले बताए । यसअघि फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरानसहित इरानका विभिन्न सहरमा संयुक्त आक्रमण गरेका थिए । त्यसको जवाफमा इरानले इजरायल तथा क्षेत्रका अमेरिकी सैन्य अखडा र सम्पत्तिलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको थियो । त्यससँगै इरानले विश्वकै महत्त्वपूर्ण समुद्री ऊर्जा आपूर्ति मार्गमध्ये एक होर्मुज जलडमरूमध्यमा आफ्नो नियन्त्रण थप कडा बनाएको थियो ।

होर्मुज जलडमरूमध्य विश्व बजारमा कच्चा तेल तथा अन्य ऊर्जा स्रोतको आपूर्तिका लागि महत्त्वपूर्ण समुद्री मार्ग हो । यहाँको आवागमन र व्यवस्थापनमा हुने परिवर्तनले अन्तर्राष्ट्रिय ऊर्जा बजार तथा विश्व व्यापारमा प्रभाव पार्न सक्छ । सीसीभटीभी प्लस

प्रकाशित मिति : २०८३, ९ कार्तिक सोमबार  ३ : ५६ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि