काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही स्थानमा बिहान हुस्सु लाग्ने सम्भावना छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ। तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहनेछ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। देशका अन्य हिमाली तथा पहाडी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।







प्रतिक्रिया