२०८३, ९ मंसिर बुधबार

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न


कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज खेल प्रतियोगिता सम्पन्न भएको छ । नरहरिनाथ गाउँपालिका–९, लालुका सचेत युवाहरुको समूहले जिल्लामा नै पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज खेल प्रतियोगिता आयोजना गरेको हो । 

कालीकोट पुल–अप होल्ड च्यालेन्ज–२०८३ खेलाडी, खेलप्रेमी तथा स्थानीयवासीहरूको उत्साहजनक सहभागितामा भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ । 

प्रतियोगितामा ३० वर्षभन्दा मुनिका खेलाडीहरुमा नवीन विष्ट प्रथम, अनिल दर्जी दोस्रो, अर्जुन ढोली तेस्रो भएका थिए भने, ३० वर्षभन्दा माथिका खेलाडीहरुमा पहरे दर्जी प्रथम, बीरेन्द्र बोहरा दोस्रो र प्रकाश दर्जी तेस्रो स्थान हासिल गरेको खेल आयोजक समितिका संयोजक विन्दमान लामिछानेले बताए । उनका अनुसार खेलमा उत्कृष्ट खेलाडीमा नवीन विष्ट घोषित भएका थिए । 

ओभरअल च्याम्पियनमा ५५ वर्षीया पहरे दर्जी भएको संयोजक लामिछानेले बताए । उनले दर्जीको उपलब्धिले सबै खेलाडी तथा युवाहरूलाई प्रेरणा दिएको बताए ।

यो खेल प्रतियोगिता केवल जित र हारमा सीमित नभई युवालाई खेलप्रति आकर्षित गर्ने, दुव्र्यसनमुक्त समाज निर्माण गर्ने र राष्ट्रिय खेलाडी उत्पादन गर्ने अभियानको महत्वपूर्ण उपलब्धि बनेको रहेको संयोजक छामिछानेले जानकारी दिए 

प्रकाशित मिति : २०८३, ६ कार्तिक शुक्रबार  ५ : २४ बजे

सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द भए मधेस आन्दोलित हुन्छ : सांसद झा 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले

प्रधानमन्त्रीको भारत भ्रमण : औसत उपलब्धी, ओझेलमा सीमा विवाद र पुराना मुद्दा

प्रधानमन्त्रीको दिल्ली भ्रमण : स्वागत भव्य, उपलब्धिमा विज्ञका फरक मत

सर्लाहीमा आगलागी हुँदा दुई तले कच्ची घर पूर्ण रूपमा जलेर नष्ट

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१, चुरे क्षेत्र स्थित हिरेडाँडामा आगलागी

द्विपक्षीय वार्ताका लागि बालेन र मोदी हैदरावाद हाउसमा

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच

भारतमा प्रधानमन्त्री बालेन्द्र शाहलाई गार्ड अफ अनर प्रदान

नयाँदिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र