सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा लगाइएका ८० जना कामदारलाई नेपाल सरकारले भविश्यमा आउन नपाउनेगरी फिर्ता गरिदिएपछि उद्योग प्रशासन तिल्मिलाउन थालेको छ ।
अध्यागमन विभाग र जिल्ला प्रसाशन कार्यालय सिन्धुलीले संयुक्त रूपमा छापामारी गरी स्थानीय समुदायले उद्योगमा स्थानीय युवाहरुलाई काममा लगाउनुको साटो चिनियाँलाई अबैद्य रुपमा ल्याएर काम लगाएको तथ्य सार्वजनिक भएपछि उद्योगलाई धरासायी बनाउँदै सम्पती आर्जनमा लागेका नेपाली व्यवस्थापक डा. नविन शर्मा खनाल, श्याम खतिवडा र गंगा प्रसाद गौतम तिल्मिलाउन पुगेका हुन् ।
स्थानीय युवाहरुले उठाएको मागलाई स्थानीय एमाले पार्टी कमिटीले जोडदार रुपमा उठाएपछि तिल्माएका उद्योग व्यवस्थापनले काभ्रेका एक युटुबरलाई बोलाएर पार्टीलाई बद्नाम गराउने प्रयास गरेका छन् । एमाले पार्टीले उठान गरेको विषय अबैद्य रुपमा चिनियाँ नागरिकलाई फिर्ता गरेको र उद्योग भित्र मदिराजन्य गतिवधी गराएको सिन्धुली प्रशासनको जफतबाट पुष्टि भएका बेला आफ्ना गलत काम कारबाही प्रति आत्मालोचित हुँदै सुधारिनुको साटो प्रश्न उठाउने पार्टी र त्यसका नेता कार्यकर्ता माथि आक्षेप लगाउने काम भएको मरिणका एमाले नेता रामकुमार पौडेलले बताए । उनले अगाडि भनेः आफ्ना गलत काम कारबाही रोक्न
उद्योगलाई जग्गा दिलाउने नाममा करोडौं रुपैयाँ कमिशन खाएर चिनियाँ लगानी कर्तालाई घाटा लगाउने र उद्योगलाई संकटमा पार्ने काम गर्दै आएका डा. नविन शर्मा, श्याम खतिवडा र स्थानीय सँग जग्गा दलालीगर्दै आएका उद्योगका लेखापाल गौतमले काभ्रेका युट्युवरलाई कम्पनी र जग्गा बैनाकर्ता सिरिलाल माझी र एमाले पार्टीलाई बद्नाम गराउन कागजात उपलव्ध गराएको थाहा लागेको छ ।
संझौतामा तोकिएको मितिमा जग्गा पास नगर्ने र अबधी सकिएपछि कम्पनिले दिएको बैना रकम फिर्ता लिनुभन्दा नमान्ने, फोन नउठाउने र उल्टै युट्युवरको सहारामा मलाई बद्नाम गराउने कार्यमा उद्योगको व्यवस्थापन पक्ष संलग्न रहेको सिरिलाल माझीले खबरघरसँग भने ।

छिटो जग्गा पास गरौं, भन्दा नमान्ने, बैना रकम फिर्ता लिनुपरो भन्दा किन हतार गर्नु हुन्न भन्नेहरुले स्थानीय स्तरमा भएका गैर कानूनी कामको जिम्मेवारी लिनुपर्ने माझीले बताए ।
उद्योगलाई सहज रुपमा सञ्चालन गर्न दिनुपर्छ, स्थानीय युवाहरुलेनैं काम गर्न पाउनु पर्छ, प्राकृतिक स्रोत साधन गैर कानूनी रुपमा गरिएको प्रयोग रोक्नु पर्छ भनेर उठेको आवाजलाई साथ दिंदा गलत स्वार्थ बोकेका व्यक्तिको इशारामा उद्योग व्यवस्थापनले थप अस्थिरता उत्पन्न गराउन चाहेको उनले खुलासा गरे ।
उनले अगाडि भनेकाछन्ः एकाएक युट्युवरको सहारा लिएर मेरो व्यक्तिगत प्रतिष्ठामा आँच पुर्याउने काम भएको छ, यो कार्य निन्दनीय छ । एमालेको कुनै पनि कमिटीमा संलग्न नरहेका माझीले उद्योग प्रशासनसँग जग्गा खरिद बिक्रीका विषयमा गरेको संझौतालाई लिएर एमाले पार्टीको बद्नाम गराउन सक्रिय रहेका नविन शर्माको मूख्य भूमिकाकै कारण केही समय अगाडि नेपाली कामदार र अबैद्य रुप्मा ल्याइएका चिनियाँ कामदार बीच झडपसमेत भएको थियो ।
नेपाली कामदार पटक पटक चिनियाँ कामदारबाट हेपिएको र भर्ना प्रक्रियामा एक राजनैतिक दलको मात्रै कार्यकर्ता भर्ना गरेपछि त्यसको प्रतिवाद गर्ने क्रममा झडप भएको थियो । स्थानीय वासिन्दाले त्यसको जिम्मेवार शर्मा रहेको आरोप लगाउँदै आएका छन् ।
यता उक्त उद्योग सञ्चालनमा नआउँदै सिमित राजनैतिक दलको आर्थिक उपार्जन गर्ने थलो बन्न थालेका चर्चा चलेका बेला निर्वाचनमा रास्वपा उमेदवारलाई शर्माको निर्देशनमा लेखापाल गौतमले ७ लाख रुपैयाँ चन्दा दिएको चर्चा उद्योगभित्र चलिरहेको छ । प्रतिनिधीसभा सदस्य निर्वाचन भएका गजुरेलले पटक पटक मरिणको मासु प्रशोधन उद्योग आफ्नो पहलमा ल्याएको बताउँदै सामाजिक सञ्जालमा पोष्ट गरिरहेका थिए ।







प्रतिक्रिया