२०८३, २९ आश्विन शुक्रबार

कांग्रेसको मतगणना सकियो, दसैंपछि नयाँ नेतृत्वको शपथ

कांग्रेसको मतगणना सकियो, दसैंपछि नयाँ नेतृत्वको शपथ


काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ। गत असोज २३ गते रातिदेखि सुरु भएको मतगणना मधेस र बागमती प्रदेशका केन्द्रीय सदस्यको अन्तिम परिणाम आएसँगै सकिएको हो।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सबै पदको मतपरिणाम रुजु गर्ने काम भइरहेको छ। अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको उनले जानकारी दिए।

यसपटक कांग्रेसको निर्वाचनमा ७ हजार ३९२ मतदाताले मतदान गरेका थिए। निर्वाचनमा २२९ पदका लागि प्रतिस्पर्धा भएको थियो भने ७७ प्रकारका पदमा मतगणना गर्नुपरेको थियो। प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गर्ने व्यवस्था थियो। कुल करिब एक लाख ६२ हजार मतपत्र गणना गरिएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार यसपटक मतगणना अघिल्लो महाधिवेशनको तुलनामा निकै छिटो सम्पन्न भएको छ। कांग्रेसको १४औं महाधिवेशनमा ४ हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो। तर, यसपटक मतदाता संख्या बढेर ७ हजार ३९२ पुग्दा पनि एक सातामै मतगणना सम्पन्न भएको हो।

मतगणनालाई तीव्रता दिन दिनरात गरी झन्डै २५ समूह परिचालन गरिएको थियो। निर्वाचन समितिले मतदान र मतगणनाका क्रममा कुनै विवाद नभएको तथा सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको जनाएको छ।

निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दसैंलगत्तै गर्ने तयारी गरिएको छ। त्यसपछि नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बस्नेछ।

पहिलो बैठकमा स्थानीय तहको निर्वाचनको तयारी र पार्टीको आगामी रणनीतिबारे छलफल हुने नेताहरूले बताएका छन्। महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वका लागि अब संगठनलाई चुस्त बनाउने, पार्टीको राजनीतिक प्रभाव विस्तार गर्ने र आगामी निर्वाचनको तयारी अघि बढाउने चुनौती रहनेछ।

प्रकाशित मिति : २०८३, २९ आश्विन शुक्रबार  ११ : ४० बजे

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने शाहको घोषणा

साइबर अपराध नियन्त्रणमा एआई प्रयोग गर्ने योजना काठमाडौं । प्रधानमन्त्री

काभ्रेली युवाको उत्साह र मनोरञ्जन बोकेर आयो ‘काभ्रेली दादा’

काठमाडौं । काभ्रेली युवा र जिल्लाको पहिचानलाई नयाँ ढंगले प्रस्तुत

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

काठमाडौं । तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा

आजको विदेशी मुद्रा विनिमयदर : डलर १५२ रुपैयाँ ४० पैसा, पाउन्ड २०२ रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६७४ वटा सवारीसाधनका