काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएसँगै पार्टीमा नयाँ नेतृत्व स्थापित भएको छ। थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाएका छन्।
नयाँ कार्यसमितिमा विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति तथा प्रदीप पौडेल, उदयशमशेर राणा र डा. डिला सङ्ग्रौला महामन्त्रीमा निर्वाचित भएका छन्। सङ्ग्रौला कांग्रेसको पहिलो निर्वाचित महिला महामन्त्री बनेकी छन्।
पार्टीको नयाँ नेतृत्वमा विभिन्न समुदायको प्रतिनिधित्व विस्तार गरिएको छ। तर, कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार बढाएर २९७ सदस्यीय बनाएपछि यसको व्यवस्थापन र निर्णय प्रक्रियालाई प्रभावकारी बनाउने चुनौती पनि थपिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार नेतृत्व परिवर्तनसँगै पार्टीको पुरानो कार्यशैली सुधार्नु, सङ्गठनलाई सक्रिय बनाउनु र जनविश्वास फर्काउनु आवश्यक छ।
थापा नेतृत्वको मुख्य परीक्षा अब प्रतिबद्धतालाई व्यवहारमा उतार्नु र नयाँ नेतृत्वप्रति देखिएको अपेक्षालाई ठोस परिणाममा बदल्नु हुनेछ।







प्रतिक्रिया