काभ्रेपलाञ्चोक । प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार बिहान काभ्रेपलाञ्चोकको प्रसिद्ध धार्मिकस्थल पलाञ्चोक भगवती मन्दिरको दर्शन गरेका छन्।
राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै मन्दिर पुगेका प्रधानमन्त्री शाहले नित्य पूजाको समयमा भगवतीको दर्शन गरेका हुन्। पाँचखाल नगरपालिका–९ का वडाध्यक्ष रामकाजी श्रेष्ठका अनुसार दर्शनपछि प्रधानमन्त्री शाह फर्किएका थिए।
प्रधानमन्त्री शाहको भ्रमणबारे जिल्लास्थित सुरक्षा निकायलाई समेत पूर्वजानकारी नगराइएको बताइएको छ। स्रोतका अनुसार भ्रमणका क्रममा प्रधानमन्त्रीसँग रहेका सुरक्षाकर्मीसमेत सिभिल पोसाकमा थिए।
नवरात्र सुरु भएसँगै पलाञ्चोक भगवती मन्दिरमा भक्तजनको चहलपहल बढेको छ। नेपालका प्रसिद्ध शक्तिपीठमध्ये एक मानिने यस मन्दिरमा विशेषगरी नवरात्रका अवसरमा ठूलो सङ्ख्यामा भक्तजन दर्शनका लागि पुग्ने गर्छन्।
पलाञ्चोक भगवती मन्दिर धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको स्थल हो। यहाँ नवरात्रको अष्टमीका दिन राष्ट्रप्रमुखले दर्शन गर्ने परम्परासमेत रहँदै आएको छ।







प्रतिक्रिया