२०८३, २७ आश्विन बुधबार

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना


काठमाडौँ । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल हिमाली भूभागमा आंशिक बादल लागेको छ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली क्षेत्रका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति पनि हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ।

प्रकाशित मिति : २०८३, २७ आश्विन बुधबार  ८ : ३९ बजे

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौँ । बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको

यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज(बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव

बाढीपीडित व्यवसायीलाई राष्ट्र बैंकको राहत, साँवा-ब्याज तिर्ने म्याद पुससम्म

काठमाडौं । बाढीबाट प्रभावित व्यवसायीलाई नेपाल राष्ट्र बैंकले राहत दिएको

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरिबाबुको छलाङ, निष्कल राई पछिपछि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको