नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल निर्माण सम्पन्न भएको छ। पुल तयार भएसँगै यस क्षेत्रको आवागमन र मालसामान ढुवानी थप सहज तथा सुरक्षित हुने अपेक्षा गरिएको छ।
नेपाली सेना र सडक विभागको संयुक्त सहकार्य तथा विदुर नगरपालिकाको सहयोगमा पुल निर्माण गरिएको हो। असोज २० गतेबाट सुरु भएको निर्माणकार्य निर्धारित समयमै असोज २५ गते सम्पन्न भएको सूचना बोर्डमा उल्लेख छ।
निर्मित पुलको लम्बाइ ७३.२ मिटर र चौडाइ ५.५ मिटर रहेको छ। अधिकतम ४० टनसम्म भारवहन क्षमता भएको यो पुल सञ्चालनमा आएपछि स्थानीय बासिन्दा तथा यातायातका साधनलाई आवतजावतमा सहजता पुग्नेछ।







प्रतिक्रिया