२०८३, २४ आश्विन आईतबार

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री (खुला) पदमा प्रदीप पौडेलले अग्रता लिएका छन्। १ हजार ३३० मत गणना हुँदा पौडेलले ७८८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी अमरसिंह पुन मगरले ४७८ र उदयशमशेर राणाले ४५६ मत पाएका छन्।

उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी अगाडि छन्। उनले ६७९ मत पाउँदा ई. मधु आचार्यले ३९३, गोविन्द भट्टराईले ३४५ र सुरेन्द्रराज पाण्डेले ३३७ मत प्राप्त गरेका छन्। दीपक गिरीले २६४, धनराज गुरुङले २४० र प्रा.डा. चन्द्रमोहन यादवले १३८ मत पाएका छन्। उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीको अग्रता छ। चौधरीले ३८२ मत प्राप्त गर्दा जीवन परियारले ३३०, फरमुल्लाह मंसुरले १९०, सीता गुरुङले १७० र रञ्जित कर्णले १०७ मत पाएका छन्।

महामन्त्री (महिला) तर्फ डिला संग्रौला अगाडि छिन्। डा. डिला संग्रौलाले ५८३ मत प्राप्त गर्दा महालक्ष्मी उपाध्याय (डिना) ले ५५७ र रीता खनालले १५३ मत पाएकी छन्।

मतगणना जारी रहेकाले विभिन्न पदमा उम्मेदवारबीचको प्रतिस्पर्धा अझै निर्णायक चरणमा पुगेको छैन। अन्तिम परिणामका लागि थप मतगणनाको प्रतीक्षा गर्नुपर्नेछ।

प्रकाशित मिति : २०८३, २४ आश्विन आईतबार  ९ : ३७ बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री