२०८३, २१ आश्विन बिहीबार

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदान आज हुन सकेन। निर्वाचन समितिले मतदानको नयाँ समय शुक्रबार बिहान ७ बजे तोकेसँगै कांग्रेसको नेतृत्व चयन प्रक्रिया थप एक दिन लम्बिएको छ।

मतदानका लागि यसअघि बिहान १० बजेको समय निर्धारण गरिएको थियो। पछि दिउँसो २ बजेका लागि समय परिवर्तन गरिए पनि उक्त समयमा समेत मतदान सुरु हुन सकेन। त्यसपछि निर्वाचन समितिले नयाँ कार्यतालिका सार्वजनिक गर्दै भोलि बिहानबाट मतदान अघि बढाउने जनाएको हो।

महाधिवेशन प्रतिनिधिको प्रदेश र समूहअनुसार मतदान व्यवस्थापन गर्न विभिन्न स्थानमा केन्द्र तोकिएका छन्। बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन्। खुलामञ्चमा पनि विभिन्न समूहका प्रतिनिधिका लागि छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ। कोशी तथा तराई–मधेश समूहका प्रतिनिधिका लागि एक केन्द्र, गण्डकीका लागि हिमाल हल र मधेस प्रदेशका प्रतिनिधिका लागि तराई–मधेश हलमा मतदानको व्यवस्था गरिएको छ।

लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थाका प्रतिनिधिले खुलामञ्चस्थित पहाड हल बाट मतदान गर्ने निर्वाचन समितिले जनाएको छ। मतदानमा सहभागी हुन प्रतिनिधिले आफ्नो परिचयपत्रसहित तोकिएको केन्द्रमा उपस्थित हुनुपर्नेछ। मतदानअघि मतदाता नामावली र परिचयपत्र रुजु गरिनेछ। निर्वाचन समितिले मतदानस्थलमा मोबाइल फोनसहित निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री नल्याउन पनि प्रतिनिधिलाई आग्रह गरेको छ।

कांग्रेस महाधिवेशनबाट सभापतिसहित नयाँ केन्द्रीय नेतृत्व चयन हुँदैछ। मतदानको समय पटक–पटक परिवर्तन भएपछि नेतृत्व चयनको प्रक्रिया निर्धारित समयभन्दा पछाडि धकेलिएको छ।

प्रकाशित मिति : २०८३, २१ आश्विन बिहीबार  ४ : ३४ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक