२०८३, २१ आश्विन बिहीबार

एमालेको स्थायी कमिटीमा विद्यादेवी भण्डारीको ‘इन्ट्री’, वरिष्ठ नेताको हैसियतमा पहिलो सहभागिता

एमालेको स्थायी कमिटीमा विद्यादेवी भण्डारीको ‘इन्ट्री’, वरिष्ठ नेताको हैसियतमा पहिलो सहभागिता


काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएकी छन्। वरिष्ठ नेता मनोनीत भएपछि पार्टीको महत्वपूर्ण बैठकमा उनको यो पहिलो सहभागिता हो।

एमाले सचिवालयले ८ असोजमा भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो। उक्त निर्णयलाई त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि भण्डारीले पार्टीको शीर्ष तहमा औपचारिक भूमिका पाएकी हुन्। राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष रहेकी भण्डारी लामो समय सक्रिय पार्टी राजनीतिबाट बाहिर थिइन्। अहिले वरिष्ठ नेताको जिम्मेवारीसहित पार्टी बैठकमा उनको पुनः प्रवेश भएको हो।

स्थायी कमिटी बैठकमा उनको सहभागिताले एमालेभित्र भण्डारीको नयाँ राजनीतिक भूमिकालाई औपचारिक रूपमा अघि बढाएको संकेत गरेको छ। अब उनी पार्टीका महत्वपूर्ण निर्णय प्रक्रियामा वरिष्ठ नेताको हैसियतमा सहभागी हुनेछिन्।

प्रकाशित मिति : २०८३, २१ आश्विन बिहीबार  ३ : ०६ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक