२०८३, १९ आश्विन मंगलबार

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले वागमती प्रदेशमा एमालेलाई सरकार निर्माणका लागि राप्रपाले साथ दिदाँ नेतृत्वले कारबाही गर्नु गलत भएको बताउनु भएको छ ।

राप्रपाको एक कार्यक्रममा बोल्दै उहाँले पार्टी नेतृत्वको बोली र व्यबहारमा फरक परेको बताउदै यस्तो प्रबृत्तिले पार्टीलाई नोक्सान गर्ने बताउनु भएको हो ।
पार्टीले पार्टीको नेतृत्वले पार्टी सञ्चालनमा दोहोरो चरित्र देखाएको बताउनु भएको भन्दै राप्रपा संसदीय दलका नेता शाहीले भन्नुभयो, ‘एमालेलाई रातदिन गाली गर्या छौं, त्यहीँ एमालेसंग मिलेर चुनाव लडेका छौं, प्रदेश चाहिदैन भन्या छौं प्रदेशमै सांसद लडाएका छौं, यो कस्तो दोहोरो चरित्र हो ?’


उहाँले पार्टीका नेता र नेतृत्वको बोली र व्यबहार एउटै हुनु पर्ने बताउदै एउटै मुद्धामा कतै समर्थन र कतै कारबाही गर्नु गलत भएको बताउनुभयो ।
शाहीले भन्नुभयो, ‘कोशी प्रदेशमा सभामुख खाइरहेका छौं, लुम्बिनी प्रदेशमा उपसभामुख खाईरहेका छौं, गण्डकीमा राप्रपाले सरकार टिकाईराख्या छ, तर बागमतीमा कारबाही गरिरहेको छ । यो फरक र विभेद किन ?’ पार्टी नेतृत्वले यस्तो प्रबृत्ति सुधार्नु पर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८३, १९ आश्विन मंगलबार  १२ : ३७ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि