काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि निर्णायक निर्वाचन हुँदैछ। महाधिवेशनको तेस्रो दिन सभापति, वरिष्ठ उपसभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित केन्द्रीय कार्यसमितिका विभिन्न पदमा मतदान हुने भएको हो।
कांग्रेसको आगामी नेतृत्व र शक्ति सन्तुलन निर्धारण गर्ने निर्वाचनमा विभिन्न समावेशी समूह, प्रदेश, महिला, युवा तथा विषयगत क्षेत्रबाट समेत केन्द्रीय सदस्य चयन हुनेछन्। विधान, निर्वाचन निर्देशिका–२०८३ र बन्दसत्रबाट स्वीकृत पदलाई समायोजन गरी निर्वाचनका लागि पद, समूह र संख्या निर्धारण गरिएको छ।
निर्वाचन हुने पद, समूह र संख्या
१. सभापति — १ जना
२. वरिष्ठ उपसभापति — १ जना
३. उपसभापति — ४ जना
एक महिला र एक समावेशीसहित।
४. महामन्त्री — ३ जना
एक महिलासहित।
५. सहमहामन्त्री — ११ जना
खुला २, महिला १, आदिवासी जनजाति १, दलित १, मधेशी १, खसआर्य १, थारु १, मुस्लिम १, पिछडिएको क्षेत्र १ तथा अल्पसंख्यक समुदाय/अपाङ्गता भएका व्यक्तिबाट १ जना।
६. सभापतिबाट मनोनित — ५ जना
केन्द्रीय सदस्यहरूमध्येबाट एक महिलासहित ४ सहमहामन्त्री र १ कोषाध्यक्ष।
७. प्रवक्ता — १ जना
केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यमध्येबाट मनोनयन गर्नेछन्। आवश्यकताअनुसार विषयगत सहप्रवक्ता पनि तोक्न सकिनेछ।
केन्द्रीय सदस्यतर्फ
८. प्रत्यक्ष निर्वाचित सदस्य — ४५ जना
९. महिला महाधिवेशन प्रतिनिधिबाट — १५ जना
१०. प्रदेशबाट — २८ जना
प्रत्येक प्रदेशबाट एक महिलासहित ४ जना तथा काठमाडौं उपत्यकाबाट एक महिलासहित २ जना।
११. दलिततर्फ — १४ जना
पाँच महिलासहित एक मधेशी दलित।
१२. आदिवासी जनजातितर्फ — २० जना
आठ महिलासहित।
१३. खसआर्यतर्फ — १८ जना
आठ महिलासहित।
१४. मधेशीतर्फ — १३ जना
पाँच महिलासहित।
१५. थारुतर्फ — ६ जना
दुई महिलासहित।
१६. मुस्लिमतर्फ — ५ जना
दुई महिलासहित।
१७. पिछडिएको क्षेत्रबाट — २ जना
एक महिलासहित।
१८. अल्पसंख्यकतर्फ — १ जना
१९. अपाङ्गता भएका प्रतिनिधिबाट — १ जना
२०. श्रमिकतर्फ — ३ जना
एक महिलासहित।
२१. पेशागत तथा विषयगत क्षेत्रबाट — ७ जना
दुई महिलासहित।
२२. युवातर्फ — २१ जना
प्रत्येक प्रदेशबाट एक महिलासहित दुई जना र खुलातर्फ सात जना।
२३. नेपाली जनसम्पर्क समितिबाट — ७ जना
दुई महिला खुला र तोकिएबमोजिमका क्षेत्रबाट पाँच जना।
२४. प्रजातन्त्र सेनानी, शहिद परिवार तथा द्वन्द्व प्रभावित परिवारबाट — ३ जना
शहिद परिवारबाट एक जनासहित।
२५. सभापतिबाट मनोनित केन्द्रीय सदस्य — ६६ जना
त्यसैगरी, प्रतिनिधिसभा संसदीय दलका नेता र प्रदेश कार्यसमितिका सभापति केन्द्रीय कार्यसमितिको पदेन सदस्य रहनेछन्।







प्रतिक्रिया