२०८३, १७ आश्विन आईतबार

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी


काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा भुर्तेल आएकी छन्। अनेमसंघको सातौँ जिल्ला सम्मेलनले भुर्तेलको अध्यक्षतामा नयाँ जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो।

सम्मेलनबाट मुना कर्माचार्य र लक्ष्मी मिजार उपाध्यक्ष, तुलसी पौडेल सचिव, शान्ति दङ्गाल सहसचिव तथा बबिता बोहोरा कोषाध्यक्ष चयन भएका छन्। नयाँ नेतृत्वले संगठनलाई थप गतिशील बनाउँदै महिला सहभागिता, नेतृत्व विकास र संगठन विस्तारलाई प्राथमिकतामा राख्ने जनाएको छ। महिला अधिकार, सामाजिक न्याय तथा राजनीतिक सहभागिताका मुद्दालाई थप प्रभावकारी ढंगले उठाउँदै अनेमसंघलाई जिल्लाका वडा तहसम्म सुदृढ बनाउने लक्ष्य लिइएको छ।

अध्यक्ष भुर्तेलले महिला अधिकार र सामाजिक न्यायका सवालमा प्रभावकारी भूमिका निर्वाह गर्दै संगठनलाई जनस्तरसम्म थप मजबुत बनाउने बताइन्। उनले महिलाको राजनीतिक सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा राखेर संगठन विस्तारलाई तीव्रता दिने प्रतिबद्धता जनाइन्।

प्रकाशित मिति : २०८३, १७ आश्विन आईतबार  ९ : ३८ बजे

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन