२०८३, १७ आश्विन आईतबार

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक दलभित्र जनताका प्रश्न, असहमति र आलोचनाका लागि पर्याप्त ठाउँ नरहेको भन्दै तीव्र असन्तुष्टि जनाएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले संसद् र पार्टीभित्रको बन्द संस्कार अन्त्य गर्नुपर्ने बताए। उनले लोकतन्त्रको वास्तविक अर्थ जनताको आवाज सुन्ने, प्रश्नको सामना गर्ने र असहमतिलाई स्वीकार गर्ने वातावरण निर्माण गर्नु भएको बताए। १० वर्षपछि खुलेको काठमाडौंको खुलामञ्चलाई केवल सभा गर्ने चौरका रूपमा नहेर्न आग्रह गर्दै थापाले नेपाली राजनीतिक आन्दोलनमा यसको विशेष भूमिका रहेको स्मरण गरे। बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालालगायतका नेताहरूले यहीँबाट जनतासँग संवाद गरेको उल्लेख गर्दै उनले खुलामञ्चले फरक विचार र मतभेदलाई एउटै ठाउँमा ल्याउने काम गरेको बताए।

खुलामञ्च १० वर्षपछि खुलेको छ। यो काठमाडौंको चौर मात्रै होइन,’ थापाले भने, ‘यहाँ बसेर ठूला दल बनेका छन्, यहीँबाट साना पनि बनेका छन्।’ थापाले अब देशका विभिन्न ठाउँमा मात्रै होइन, राज्यका प्रमुख राजनीतिक संस्थाभित्रै खुला संवादको संस्कार आवश्यक रहेको बताए। विशेषगरी सिंहदरबार र संसद् जनताको प्रश्नबाट भाग्ने होइन, प्रश्न सुन्ने र जवाफ दिने ठाउँ बन्नुपर्ने उनको भनाइ थियो। ‘संसद् अहिले खुला छैन। प्रधानमन्त्रीले जनताको कुरा नसुनेसम्म खुला रहँदैन,’ थापाले भने। उनले सत्तामा रहेका नेतृत्वले जनताको आवाज सुन्नैपर्ने बताए। संसद् जनताको प्रतिनिधित्व गर्ने थलो भएकाले त्यहाँ जनताका प्रश्न, असहमति र सरोकार प्रत्यक्ष रूपमा प्रतिबिम्बित हुनुपर्ने उनको भनाइ थियो।

थापाले राजनीतिक दलभित्रको लोकतान्त्रिक अभ्यासमाथि पनि प्रश्न उठाए। नेतृत्वलाई प्रश्न गर्दा सदस्यता नै गुम्ने अवस्था अन्त्य गर्नुपर्ने भन्दै उनले पार्टीभित्र आलोचना, असहमति र फरक मतलाई संस्थागत गर्नुपर्ने बताए। ‘पार्टीभित्र पनि खुलामञ्च चाहिएको छ। नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्,’ उनले भने। उनका अनुसार लोकतन्त्र निर्वाचन र सडकमा मात्रै सीमित हुनु हुँदैन। राजनीतिक दलको आन्तरिक संरचना, निर्णय प्रक्रिया र नेतृत्वको कार्यशैलीसमेत लोकतान्त्रिक हुन आवश्यक छ। ‘संसद् बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ,’ थापाले भने।

१० वर्षपछि खुलामञ्चमा कांग्रेसको महाधिवेशन आयोजना हुनु खुला बहस, असहमति र जनतासँगको प्रत्यक्ष संवादलाई पुनःस्थापित गर्ने अवसर भएको थापाको भनाइ थियो।

प्रकाशित मिति : २०८३, १७ आश्विन आईतबार  ६ : ३७ बजे

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन

लोकतन्त्र संकटमा परे कांग्रेससँग काँधमा काँध मिलाउँछौं : पोखरेल

‘राणाशाही, पञ्चायत र राजतन्त्र ढालेकै शक्तिले फेरि लोकतन्त्र जोगाउनुपर्ने बेला