२०८३, ८ कार्तिक आईतबार

कांग्रेस महाधिवेशन आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छ : पुष्पा भूसाल

कांग्रेस महाधिवेशन आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छ : पुष्पा भूसाल


काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भूसालले पार्टीको १५औँ महाधिवेशनलाई केवल पद व्यवस्थापन गर्ने थलोका रूपमा नभई आत्मसमीक्षा, आत्मनिर्णय र पुनर्जागरणको अवसरका रूपमा लिनुपर्ने बताएकी छन् । 

आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भूसालले महाधिवेशन कांग्रेसको वर्तमान र भविष्यबारे चिन्तन तथा संवाद गर्ने महत्वपूर्ण थलो भएको बताइन् । 

उनले भनिन्, ‘यो अधिवेशन एउटा भेला हैन, यो अधिवेशन ०७ सालदेखी लोकतन्त्रको लागि संघर्ष गरेर इतिहास बनाएको नेपाली कांग्रेसको वर्तमान र भविष्यको चिन्ता गर्ने, संवाद गर्ने थलोको रूपमा यो महाधिवेशन गर्न गइरहेका छौँ।’

भूसालले महाधिवेशन केवल पद व्यवस्थापनका लागि नभएको बताउँदै लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने सबैले आत्मसमीक्षा गर्ने थलोका रूपमा विकास गर्नुपर्ने धारणा राखिन् । 

उनले भनिन्, ‘यो महाधिवेशन नेपाली कांग्रेसका नेता र कार्यकर्ता मात्रै हैन, लोकतान्त्रिक विचारधारामा विश्वास गर्ने, नेपाली कांग्रेसमा विश्वास गर्ने सबैले आत्मसमीक्षा गर्ने थलोको रूपमा बन्नुपर्दछ ।’

महाधिवेशनलाई आत्मसुधार, आत्मनिर्णय, पुनर्जागरण र पुनर्निर्माणको अवसरका रूपमा लिनुपर्नेमा जोड दिँदै उनले ऐतिहासिक अवसरलाई गुमाउन नहुने बताइन् । 

उनले भनिन्, ‘यो अधिवेशन हामी सबै आत्मसुधारको रूपमा, आत्मनिर्णयको रूपमा, पुनर्जागरणको रूपमा, पुनर्निर्माणको रूपमा हामीले ऐतिहासिक अवसरलाई गुमाउने हैन, अवसरको रूपमा महाधिवेशनलाई लिन जरुरी छ ।’

प्रकाशित मिति : २०८३, १७ आश्विन आईतबार  ४ : ५१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना