२०८३, ७ कार्तिक शनिबार

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई


काठमाडौं । श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।

आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले अब राजनीतिक दलहरू राष्ट्र निर्माणका लागि एकजुट भएर अघि बढ्नुपर्ने बताए।

उनले भने, ‘यो महाधिवेशनबाट एउटा अनुरोध गर्न चाहन्छु, अब हामीले कुन पार्टीले कति समय सत्ता चलाउने, कति वर्ष चलाउने भनेर प्रतिस्पर्धा गर्नुभन्दा पनि देशका लागि राम्रो काम गर्ने कुरामा प्रतिस्पर्धा हुनुपर्छ।’

राईले नेपाली कांग्रेस हल्लाद्वारा स्थापित भएको पार्टी नभएको बताए । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि धेरै योद्धाहरूले आफ्नो निजी स्वार्थ र सपना त्यागेर निर्माण गरेको पार्टीका रूपमा कांग्रेसलाई आफूहरूले बुझेको उनको भनाइ थियो।

‘नेपाली कांग्रेस हल्लाद्वारा स्थापित भएको पार्टी होइन, लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि धेरै योद्धाहरूले आफ्नो निजी स्वार्थ र सपना त्यागेर निर्माण गरेको पार्टी हो,’उनले भने । 

उनले आगामी दिनमा राष्ट्र निर्माणका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए।

प्रकाशित मिति : २०८३, १७ आश्विन आईतबार  ४ : ३४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना