२०८३, ८ कार्तिक आईतबार

खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन : उद्घाटनमा शीर्ष नेताको जमघट

खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन : उद्घाटनमा शीर्ष नेताको जमघट


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन राजधानीको खुलामञ्चमा सुरु भएको छ। केहीबेरअघि उद्घाटन सत्र सुरु भएसँगै विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू खुलामञ्च पुगेका छन्।

उद्घाटन समारोहमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र रास्वपा सभापति रवि लामिछाने लगायतका नेताहरू सहभागी भएका छन्।

आजदेखि सुरु भएको कांग्रेसको १५औँ महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा देशभरबाट ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने बताइएको छ।

यसपटक कांग्रेसले महाधिवेशनको मूल नारा ‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ तय गरेको छ।

प्रकाशित मिति : २०८३, १७ आश्विन आईतबार  ३ : ५३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना