२०८३, १५ आश्विन शुक्रबार

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ


काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु भएको प्रदर्शनका क्रममा प्रहरीले ७०० भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

दिल्लीस्थित जन्तरमन्तरबाट मात्रै ७०० भन्दा बढी पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। मुख्य निर्वाचन आयुक्त कुमारको राजीनामा माग गर्दै ककरोच जनता पार्टी (सीजेपी) ले शुक्रबारदेखि आन्दोलन सुरु गरेको हो। प्रदर्शनमा विद्यार्थी तथा विपक्षी दलका नेता–कार्यकर्तासमेत सहभागी भएका छन्। बीबीसी हिन्दीका अनुसार आम आदमी पार्टीकी नेता तथा दिल्लीकी पूर्वमुख्यमन्त्री आतिशी र पूर्वमन्त्री सौरभ भारद्वाज पनि पक्राउ परेका छन्।

त्यस्तै, राष्ट्रिय जनता दलका सांसद मनोज झा तथा भारतीय कम्युनिस्ट नेता एमए बेबीलाई पनि जन्तरमन्तरबाट प्रहरीले पक्राउ गरेको समाचारमा उल्लेख छ। यसअघि पनि भारतका विभिन्न स्थापित विपक्षी दलहरूले निर्वाचन प्रक्रियासँग सम्बन्धित विषय उठाउँदै विरोध प्रदर्शन गर्दै आएका थिए। पछिल्लो प्रदर्शनसँगै दिल्लीमा राजनीतिक तनाव थप चुलिएको छ।

प्रकाशित मिति : २०८३, १५ आश्विन शुक्रबार  ५ : ४९ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र