सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर इतिहास मेटाउनेहरुलाई चेतावनी मात्रै दिएनन्, गंभीर प्रश्न समेत उठाएका छन् ।
सिन्धुली बहुमुखी क्याम्पस व्यवस्थापनले बिपी जयन्तीका अबसरमा कांग्रेस नेता बिपिन कोइरालाको अगुवाईमा रोपिएको रुखहरु क्याम्पस प्रशासनले काटेको दृश्य सामाजिक सञ्जालमा साझागर्दे नेता बस्नेतले उक्त कुरा बताएका हुन् ।
सोही क्याम्पसका प्राध्यापक समेत रहेका कांग्रेस नेता बस्नेतले फेसबुकमा लेखेकाछन्ः ‘इतिहास मेटाउनेहरु होसियार । कसरी , किन , के को र कसको आदेशमा सिन्धुली बहुमुखीमा रहेको रुख बिरुवाहरु काटिएको हो ? रुख रोपौ बिश्व जोगाऔ ।’
एनले उक्त रुख काटिएको फोटो साझा गरेपनि कसको आदेशमा काटिएको हो, किन काटिएको हो भन्ने प्रश्नगर्दै लेखिरहँदा, बिपी जयन्तीमा रोपिएको र उक्त विरुवा कांग्रेसका पूर्व स्वास्थ्य मन्त्री बिपिन कोइरालाको नेतृत्वमा रोपिएको बारे खुलाएका छैनन् । समाचार स्रोतका अनुसार सहायक क्याम्पस प्रमुख उमेश कोइरालाको समन्वयमा उक्त रुखहरु काटिएको हो । तर उक्त कुरालाई बस्नेतले सार्वजनिक गरेका छैनन् । स्रोत अगाडि भन्छ, कोइरालाले व्यवस्थापन समितिको सल्लाह अनुसार उक्त कार्य गराएका हुन् ।
उक्त रुख काटिएको विषयलाई लिएर सिन्धुली कांग्रेसका सभापति एवम् सिन्धुली बहुमुखी क्याम्पसर सञ्चालक समितिका पूर्व अध्यक्ष समेत रहेका उपेन्द्रकुमार पोखरेलले क्याम्पस प्रमुख समक्ष असन्तुष्टि व्यक्त गरेको थाहा लागेको छ । सो विषयलाई लिएर क्याम्पस व्यवस्थापन र नेपाली कांग्रेसका नेताहरु बीच असन्तुष्टि बढेको छ । सन्देश जनप्रियबाट







प्रतिक्रिया