२०८३, ७ कार्तिक शनिबार

रूख काटेर इतिहास मेटाउने !

रूख काटेर इतिहास मेटाउने !


सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर इतिहास मेटाउनेहरुलाई चेतावनी मात्रै दिएनन्, गंभीर प्रश्न समेत उठाएका छन् ।
सिन्धुली बहुमुखी क्याम्पस व्यवस्थापनले बिपी जयन्तीका अबसरमा कांग्रेस नेता बिपिन कोइरालाको अगुवाईमा रोपिएको रुखहरु क्याम्पस प्रशासनले काटेको दृश्य सामाजिक सञ्जालमा साझागर्दे नेता बस्नेतले उक्त कुरा बताएका हुन् ।
सोही क्याम्पसका प्राध्यापक समेत रहेका कांग्रेस नेता बस्नेतले फेसबुकमा लेखेकाछन्‌ः ‘इतिहास मेटाउनेहरु होसियार । कसरी , किन , के को र कसको आदेशमा सिन्धुली बहुमुखीमा रहेको रुख बिरुवाहरु काटिएको हो ? रुख रोपौ बिश्व जोगाऔ ।’
एनले उक्त रुख काटिएको फोटो साझा गरेपनि कसको आदेशमा काटिएको हो, किन काटिएको हो भन्ने प्रश्नगर्दै लेखिरहँदा, बिपी जयन्तीमा रोपिएको र उक्त विरुवा कांग्रेसका पूर्व स्वास्थ्य मन्त्री बिपिन कोइरालाको नेतृत्वमा रोपिएको बारे खुलाएका छैनन् । समाचार स्रोतका अनुसार सहायक क्याम्पस प्रमुख उमेश कोइरालाको समन्वयमा उक्त रुखहरु काटिएको हो । तर उक्त कुरालाई बस्नेतले सार्वजनिक गरेका छैनन् । स्रोत अगाडि भन्छ, कोइरालाले व्यवस्थापन समितिको सल्लाह अनुसार उक्त कार्य गराएका हुन् ।
उक्त रुख काटिएको विषयलाई लिएर सिन्धुली कांग्रेसका सभापति एवम् सिन्धुली बहुमुखी क्याम्पसर सञ्चालक समितिका पूर्व अध्यक्ष समेत रहेका उपेन्द्रकुमार पोखरेलले क्याम्पस प्रमुख समक्ष असन्तुष्टि व्यक्त गरेको थाहा लागेको छ । सो विषयलाई लिएर क्याम्पस व्यवस्थापन र नेपाली कांग्रेसका नेताहरु बीच असन्तुष्टि बढेको छ । सन्देश जनप्रियबाट

प्रकाशित मिति : २०८३, १५ आश्विन शुक्रबार  ३ : ३७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना