२०८३, १५ आश्विन शुक्रबार

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह


हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र ज्ञानलाई व्यक्तिगत उपलब्धिमा सीमित नराखी समाज, राष्ट्र र वातावरणको हितमा उपयोग गर्नुपर्ने बताउनुभएको छ।

वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसद्वारा आयोजित फर्स्ट ग्राजुएट कन्फ्रेन्समा सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले वन क्षेत्र वातावरणीय सन्तुलन, जैविक विविधता, जलाधार तथा माटो संरक्षणसँगै नागरिकको जीविकोपार्जनको महत्वपूर्ण आधार रहेको बताउनुभयो।

उहाँले वन तथा वातावरणसम्बन्धी दक्ष जनशक्तिले हासिल गरेको ज्ञान, अनुसन्धान र सीपलाई प्रदेशको वन तथा प्राकृतिक स्रोत व्यवस्थापनसँग जोड्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “शिक्षा र ज्ञानलाई केवल व्यक्तिगत उपलब्धिमा सीमित नराखी समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्नुपर्छ।”

मुख्यमन्त्री थापा मगरले जलवायु परिवर्तन, वन डढेलो, जैविक विविधताको ह्रास तथा मानव–वन्यजन्तु द्वन्द्वलाई वन तथा वातावरण संरक्षणका प्रमुख चुनौतीका रूपमा औँल्याउनुभयो। यस्ता चुनौती समाधान गर्न सरकारको मात्र प्रयास पर्याप्त नहुने भन्दै उहाँले विश्वविद्यालय, अनुसन्धान संस्था, समुदाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

प्राकृतिक स्रोत संरक्षण र आर्थिक विकासबीच सन्तुलन कायम गर्दै दिगो विकासलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उहाँले वनबाट प्राप्त हुने अवसर र लाभलाई स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकाससँग जोड्नुपर्ने बताउनुभयो।

उहाँले वन विज्ञान तथा वातावरणका क्षेत्रमा हुने अनुसन्धानलाई नीति निर्माण र स्थानीय तहका वास्तविक समस्याको समाधानसँग जोड्नुपर्नेमा पनि जोड दिनुभयो। “अनुसन्धानलाई केवल शैक्षिक उपलब्धिमा सीमित नराखी नीति निर्माण र स्थानीय समस्याको समाधानसँग जोड्नुपर्छ,” उहाँले भन्नुभयो।

मुख्यमन्त्रीले वन विज्ञान अध्ययन पूरा गरेका युवाको ज्ञान र सीपलाई प्राकृतिक स्रोत संरक्षण तथा व्यवस्थापनमा उपयोग गर्नुपर्ने बताउँदै विश्वविद्यालयलाई ज्ञान निर्माण, अनुसन्धान र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो।

फर्स्ट ग्राजुएट कन्फ्रेन्सले विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता र नीति निर्माताबीच ज्ञान तथा अनुभव आदान–प्रदानका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्दै उहाँले सम्मेलनबाट वन विज्ञान, जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनका क्षेत्रमा नयाँ अनुसन्धान र सोचको विकास हुने अपेक्षा व्यक्त गर्नुभयो।

प्रकाशित मिति : २०८३, १५ आश्विन शुक्रबार  १२ : ०४ बजे

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र

१६६ वटा विधेयक संसदमा दर्ता गर्ने सरकारको लक्ष्य : कानुनमन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले चालु

अमेरिकी सैन्य फिर्तीको इराक आयाम

अमेरिकाले सन् २००३ मा सद्दाम हुसेनको शासनसत्ता अन्त्य गर्ने र

काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन

वेस्टर्न युनियनले ल्यायो ‘यो दशैं म छु सँगै’ अभियान : भाग्यशालीलाई पाँच लाख पुरस्कार

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर क्रस–बोर्डर मुद्रा स्थानान्तरण