२०८३, १५ आश्विन शुक्रबार

१६६ वटा विधेयक संसदमा दर्ता गर्ने सरकारको लक्ष्य : कानुनमन्त्री गौतम

१६६ वटा विधेयक संसदमा दर्ता गर्ने सरकारको लक्ष्य : कानुनमन्त्री गौतम


काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले चालु आर्थिक वर्षलाई ‘कानुन निर्माण तथा सुधार वर्ष’का रूपमा अघि बढाउँदै १६६ वटा विधेयक संसदमा दर्ता गर्ने लक्ष्य लिएको बताएकी छन् ।

नेपाल पूर्वाधार सम्मेलन २०२६ को तयारीसम्बन्धी लगानी र विकासका लागि कानुन सुधार परामर्श कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री गौतमले सरकारको नीतिगत प्राथमिकताअनुसार आवश्यक कानुन निर्माण तथा सुधारलाई तीव्रता दिइएको बताइन् ।

उनले भनिन्, ‘कानुन निर्माण तथा सुधार वर्ष भनेर कानुन मन्त्रालयले यस आर्थिक वर्षलाई घोषणा गरेको छ । जसमा हामीले १६६ वटा विधेयकहरु यस आर्थिक वर्षमा हामी संसदमा दर्ता गराउँछौं । कानुन निर्माणको यात्रा भनेको सरकारले सरकारी विधेयकमा मस्यौदा तयार पारेर संसदमा दर्ता गर्छ, त्यसलाई पारित गर्ने काम चाँही संसदले गर्छ । हामी १६६ वटा विधेयकहरु तयार गरेर संसदमा दर्ता गराउँछौं भन्ने लक्ष्य राखेका छौं ।’

उनका अनुसार चालु आर्थिक वर्ष सुरु भएयता करिब ५४ वटा विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेका छन् । ती विधेयक संसदमा दर्ता हुने प्रक्रियामा रहेको उनले जानकारी दिइन् ।

उनले भनिन्, ‘करिब ५४ वटा विधेयकहरु मन्त्रिपरिषद्बाट स्वीकृत भएर लगभग लगभग संसदमा दर्ता हुने अवस्थामा छ । यो आफैंमा सुधारको यात्रा हो ।’

मन्त्री गौतमले कानुन निर्माणको प्रक्रियामा सरकारले विधेयकको मस्यौदा तयार गरी संसदमा दर्ता गर्ने र त्यसलाई पारित गर्ने जिम्मेवारी संसदको हुने बताइन् । सरकारको लक्ष्यअनुसार १६६ वटा विधेयक तयार गरी संसदमा दर्ता गराउने प्रक्रिया अघि बढिरहेको उनको भनाइ थियो ।

सरकारले विकासको आगामी दिशा र मन्त्रालयगत सुधारका विषयमा स्पष्ट नीतिगत धारणा बनाएपछि त्यसअनुसार आवश्यक कानुनी सुधार पहिचान गरी काम अघि बढाइएको मन्त्री गौतमले बताइन् ।

उनले तीव्र गतिमा भइरहेको कानुन निर्माण तथा सुधारको प्रक्रियालाई पूर्वाधार क्षेत्रले पनि लगानी र विकासलाई केन्द्रमा राखेर अघि बढाउनुपर्ने बताइन् । पूर्वाधार मन्त्रालयले आयोजना गरेको कानुन सुधारसम्बन्धी कार्यशालालाई उनले सकारात्मक सुरुवातका रूपमा व्याख्या गरिन् ।

मन्त्री गौतमले कुनै देश आर्थिक रूपमा समृद्ध हुनका लागि वित्तीय स्रोत मात्र पर्याप्त नहुने बताउँदै सही नीति, सक्षम संस्था र प्रभावकारी संरचना पनि आवश्यक हुने धारणा राखिन् ।

उनले भनिन्, ‘द्रुत गतिमा अघि बढिरहेको कानुन निर्माणको यो यात्रालाई पूर्वाधार मन्त्रालयले पनि लगानी र विकासलाई केन्द्रमा राखेर कानुन सुधारको कार्यशाला आयोजना गर्नु आफैँमा सकारात्मक सुरुवात हो । कुनै पनि देश पैसा भएर धनी हुने हो कि त्यो देशको नीति सही भएर, देशका संरचना र संस्थाहरू सक्षम भएर धनी हुने हो त ? यो महत्वपूर्ण प्रश्न छ । विश्वका विभिन्न देशका उदाहरणहरू हामीले हे¥यौँ भने सही नीति र ती देशमा भएका संस्थाहरू सक्षम भएर राम्रो काम गरेका कारण देश धनी भएका उदाहरणहरू हामी देख्न सक्छौँ ।’

विश्वका विभिन्न देशको उदाहरण हेर्दा सही नीति र सक्षम संस्थाले प्रभावकारी रूपमा काम गरेका कारण ती देशले आर्थिक विकास हासिल गरेको उल्लेख गर्दै उनले नेपालमा पनि विकासलाई गति दिन नीतिगत तथा संस्थागत सुधारलाई प्राथमिकता दिनुपर्ने बताइन् ।

प्रकाशित मिति : २०८३, १५ आश्विन शुक्रबार  ११ : ४९ बजे

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र

१६६ वटा विधेयक संसदमा दर्ता गर्ने सरकारको लक्ष्य : कानुनमन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले चालु

अमेरिकी सैन्य फिर्तीको इराक आयाम

अमेरिकाले सन् २००३ मा सद्दाम हुसेनको शासनसत्ता अन्त्य गर्ने र

काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन

वेस्टर्न युनियनले ल्यायो ‘यो दशैं म छु सँगै’ अभियान : भाग्यशालीलाई पाँच लाख पुरस्कार

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर क्रस–बोर्डर मुद्रा स्थानान्तरण