२०८३, १४ आश्विन बिहीबार

फ्लाईदुबई विमानभित्रै पाइलटमाथि चक्कु प्रहार, ट्रम्पले भने– भारतीय पाइलट ‘हिरो’

फ्लाईदुबई विमानभित्रै पाइलटमाथि चक्कु प्रहार, ट्रम्पले भने– भारतीय पाइलट ‘हिरो’


काठमाडौं । फ्लाईदुबईको दुबई–तेल अभिभ उडानमा सह-पाइलटले विमानका कप्तानमाथि चक्कु प्रहार गरेपछि उत्पन्न संकटबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग फोनवार्ता गरेका छन्।

बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले नेतन्याहूबाट विमानभित्र भएको घटनाबारे जानकारी पाएको बताए। उनले घटनालाई अत्यन्तै गम्भीर भन्दै विमानमा सवार यात्रु तथा चालक दलका सदस्यहरूले विमानलाई दुर्घटनाबाट जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।

घटनाका क्रममा भारतीय नागरिक कप्तान स्मित मच्छरमाथि सह-पाइलटले चक्कु प्रहार गरेको बताइएको छ। गम्भीर घाइते भए पनि कप्तान मच्छरले ककपिटको ढोका खोल्न सफल भएको र त्यसपछि यात्रु तथा चालक दलका सदस्यहरूले ककपिटमा प्रवेश गरी आक्रमणकारीलाई नियन्त्रणमा लिएको विवरण सार्वजनिक भएको छ।

विमानले उडानका क्रममा तीव्र रूपमा उचाइ गुमाएपछि निर्धारित मार्ग परिवर्तन गरी साउदी अरबको तबुक विमानस्थलमा आपत्कालीन अवतरण गरेको थियो। विमानमा रहेका १७४ जना यात्रु तथा अन्य सदस्यहरू सुरक्षित रहेको बताइएको छ। घटनापछि मच्छरलाई तबुकस्थित अस्पतालमा उपचारका लागि भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको भारतीय दूतावासले जनाएको छ।

ट्रम्पले घाइते भारतीय पाइलटको प्रशंसा गर्दै उनलाई ‘हिरो’ को संज्ञा दिएका छन्। उनले सह-पाइलट आतंकवादी हुन सक्ने वा अन्य कारणबाट यस्तो कदम चालेको हुन सक्ने बताए पनि घटनाको वास्तविक उद्देश्य र कारणबारे अनुसन्धान जारी रहेको छ।

घटनाबारे विभिन्न पक्षबाट अलग–अलग दाबी सार्वजनिक भइरहेका छन्। इजरायली अधिकारीहरूले सम्भावित विमान अपहरण वा आक्रमणको कोणबाट अनुसन्धान गरिरहेको बताएका छन् भने विमान सञ्चालक फ्लाईदुबईले पनि अनुसन्धान पूरा हुनुअघि निष्कर्षमा नपुग्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३, १४ आश्विन बिहीबार  ८ : १७ बजे

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका

देशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर

झापा आन्दोलनका योद्धा बस्नेतको संघर्ष इतिहासमै अमिट छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका

घनेन्द्र बस्नेतको निधनपछि एमाले केन्द्रीय सदस्यको सपथ स्थगित

काठमाडौं । झापा आन्दोलनका योद्धा तथा वामपन्थी नेता घनेन्द्र बस्नेतको