२०८३, ७ कार्तिक शनिबार

क्रियाशील सदस्यताको विवादले कांग्रेस मोरङ-६ मा कुटाकुट, सहमहामन्त्रीसहित ३ नेता घाइते

क्रियाशील सदस्यताको विवादले कांग्रेस मोरङ-६ मा कुटाकुट, सहमहामन्त्रीसहित ३ नेता घाइते


विराटनगर । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–६ को अधिवेशन विवादले उग्र रूप लिएपछि दुई समूहबीच कुटाकुट भएको छ। क्रियाशील सदस्यताको विषयमा सुरु भएको विवाद तोडफोड र हातपातसम्म पुगेपछि अधिवेशन प्रक्रिया नै अन्योलमा परेको छ।

अधिवेशनस्थलमा संस्थापन र इतर समूहका कार्यकर्ताबीच तनाव बढ्दै जाँदा झडप भएको हो। विवाद नियन्त्रणबाहिर गएपछि नेतामाथि समेत हातपात भएको जनाइएको छ।

झडपका क्रममा कांग्रेस सहमहामन्त्री डा. डिला संग्रौलामाथि समेत हातपात तथा दुर्व्यवहार भएको बताइएको छ। घटनामा पार्टीका क्षेत्रीय कार्यवाहक सभापति एवं पूर्वसांसद चुमनारायण तबदार र नेता चेतराज रेग्मी पनि कुटपिटबाट घाइते भएका छन्। घाइते नेता–कार्यकर्ताहरूको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ। अधिवेशनकै क्रममा पार्टीका नेतामाथि हातपात भएपछि घटनाले कांग्रेसभित्रको आन्तरिक विवादलाई थप सतहमा ल्याएको छ।

क्रियाशील सदस्यताको विवाद समाधान नगरी अधिवेशन अघि बढाउन खोज्दा तनाव चर्किएको नेताहरूले बताएका छन्। झडपपछि अधिवेशन प्रक्रिया तत्काल अघि बढ्ने वा स्थगित हुने भन्ने विषयमा अन्योल कायम छ। एकातिर महाधिवेशनको तयारी तीव्र पारिएको कांग्रेसमा अर्कोतिर अधिवेशनस्थलमै नेताहरूबीच कुटाकुट हुन थालेपछि पार्टीको आन्तरिक विवाद थप पेचिलो बनेको छ।

प्रकाशित मिति : २०८३, १३ आश्विन बुधबार  ४ : ५२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना