२०८३, १० आश्विन आईतबार

कालीगण्डकीको कहर : पर्वतमा ६६ घर बगायो, २३ घर मृत्युको जोखिममा

कालीगण्डकीको कहर : पर्वतमा ६६ घर बगायो, २३ घर मृत्युको जोखिममा


पर्वत । अविरल वर्षापछि उर्लिएको कालीगण्डकीले पर्वतमा ठूलो विनाश मच्चाएको छ। जलजला गाउँपालिका–८ फर्सेमा नदी बस्तीमा पसेर ६६ घर पूर्ण रूपमा बगाएको छ भने थप २३ घर उच्च जोखिममा परेका छन्।

बाढीको चपेटामा परेका परिवारलाई समयमै सुरक्षित स्थानमा सारिएकाले अहिलेसम्म मानवीय क्षति भने भएको छैन। तर नदीको बहाव र वर्षा जारी रहेकाले जोखिममा रहेका बस्तीमा त्रास कायमै छ।

सशस्त्र प्रहरीका अनुसार उच्च जोखिममा रहेका घरबाट स्थानीयका सामान सुरक्षित स्थानमा सार्ने काम तीव्र पारिएको छ। सुरक्षाकर्मी र स्थानीयवासी उद्धार तथा व्यवस्थापनमा जुटेका छन्।

कालीगण्डकीको बढ्दो बहावले ठूलो भौतिक क्षति पुर्‍याएपछि थप जोखिम रोक्न सुरक्षा निकायले उच्च सतर्कता अपनाएको छ। ६६ घर बगिसक्दा पनि वर्षा नरोकिएपछि फर्से बस्तीमा थप क्षतिको जोखिम कायमै छ।

प्रकाशित मिति : २०८३, १० आश्विन आईतबार  २ : १६ बजे

मलेखु–मुग्लिङ सडक ठप्प : १० भन्दा बढी ठाउँमा पहिरो, यात्रा नगर्न प्रशासनको आग्रह

काठमाडौं । लगातारको वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १०

पञ्चकुमारी सहकारीको १९औँ साधारण सभा

बनेपा । पञ्चकुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बनेपाले आर्थिक वर्ष

कालीगण्डकीको कहर : पर्वतमा ६६ घर बगायो, २३ घर मृत्युको जोखिममा

पर्वत । अविरल वर्षापछि उर्लिएको कालीगण्डकीले पर्वतमा ठूलो विनाश मच्चाएको

‘थ्रेट’ भन्दै पूर्वप्रधानन्यायाधीश राणा पक्राउ, कारण नखुल्दै परिवारको जिम्मा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ परेको केही समयमै रिहा

सोह्र श्राद्धमा पितृको सम्मान र श्रद्धा अनिवार्य छ : संस्कृतिविद् भट्टराई

काठमाडौं । सनातन तथा वैदिक परम्परामा पितृको सम्मान र स्मरणलाई