काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पक्राउ परेको केही समयमै रिहा भएका छन्। सुरक्षा निकायले नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनलाई परिवारको जिम्मा लगाइएको बताइएको छ।
तर, राणालाई आखिर किन पक्राउ गरियो भन्ने प्रश्नको जवाफ भने अझै सार्वजनिक भएको छैन। पक्राउको कानुनी आधार, आरोप वा घटनासँग सम्बन्धित ठोस विवरण सम्बन्धित निकायले स्पष्ट पारेको छैन। राणाका परिवारका सदस्यका अनुसार उनलाई ‘थ्रेट’ रहेको भन्दै पक्राउ गरिएको जानकारी दिइएको थियो। तर, कस्तो थ्रेट, कसबाट र किन राणामाथि त्यस्तो जोखिम देखियो भन्ने विषयमा समेत स्पष्ट विवरण दिइएको छैन।
पक्राउ गर्ने तर कारण नखुलाउने र केही समयमै परिवारको जिम्मा लगाएर रिहा गर्ने घटनाले सुरक्षा तथा कानुनी प्रक्रियामाथि प्रश्न उठाएको छ। पूर्वप्रधानन्यायाधीशजस्तो संवैधानिक निकायको नेतृत्व गरिसकेका व्यक्तिलाई नियन्त्रणमा लिँदा अपनाइएको प्रक्रिया र त्यसको आधारबारे सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने आवाज उठेको छ। राणाको पक्राउ र रिहाइबारे सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायको औपचारिक धारणा भने सार्वजनिक हुन बाँकी छ।







प्रतिक्रिया