सर्लाही । रातिदेखि परेको अविरल वर्षाका कारण सर्लाही सदरमुकाम मलंगवा डुबानमा परेको छ । लगातारको वर्षाले बजार क्षेत्र तथा विभिन्न बस्तीमा पानी जम्दा जनजीवन प्रभावित भएको छ ।
सडक तथा घरआँगनमा पानी पसेपछि स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ । कतिपय क्षेत्रमा पानीको निकास हुन नसक्दा डुबानको जोखिम थप बढेको स्थानीयले बताएका छन् ।
अविरल वर्षा जारी रहेकाले तल्लो भूभागमा थप डुबान हुनसक्ने भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।










प्रतिक्रिया