२०८३, १० आश्विन आईतबार

बेलायतमा पीआरको बाटो संकटमा : ५ वर्षे नियम हटाएर १० वर्ष पुर्‍याउने तयारी

बेलायतमा पीआरको बाटो संकटमा : ५ वर्षे नियम हटाएर १० वर्ष पुर्‍याउने तयारी


लन्डन । बेलायतमा स्थायी बसोबास अनुमति (ILR) पाउने अवधि ५ वर्षबाट बढाएर १० वर्ष पुर्‍याउने प्रस्ताव अघि बढेपछि बेलायतमा रहेका आप्रवासीमा अन्योल बढेको छ। तर प्रस्तावित व्यवस्था कहिलेदेखि लागू हुने र अहिले बेलायतमा रहेका आप्रवासीलाई समेत लागू हुने वा नहुने विषयमा अहिलेसम्म अन्तिम निर्णय भएको छैन।

बेलायती गृहमन्त्री सबाना महमुदले नयाँ ‘सेटलमेन्ट रिफर्म’ सम्बन्धी प्राविधिक काम अघि बढिरहेको र यसबारे अन्तिम नीति सन् २०२६ को अन्त्यसम्म घोषणा गर्ने तयारी भइरहेको बताएकी छन्। हाल अधिकांश योग्य आप्रवासन रुटमा पाँच वर्षपछि ILR का लागि आवेदन दिन सकिने व्यवस्था छ। सरकारको प्रस्तावअनुसार सामान्यतर्फ यो अवधि बढाएर १० वर्ष पुर्‍याउन सकिनेछ। केही क्षेत्रमा कार्यरत आप्रवासीका लागि भने स्थायी बसोबासको बाटो अझ लामो हुन सक्ने प्रस्ताव गरिएको छ।

पुराना आप्रवासीलाई के हुन्छ ?

सबैभन्दा ठूलो प्रश्न पहिल्यै पाँच वर्षे रुटमा बेलायत प्रवेश गरेका आप्रवासीमाथि नयाँ नियम लागू हुन्छ कि हुँदैन भन्ने हो। यसबारे सरकारले संक्रमणकालीन व्यवस्था (Transitional Arrangements) को विकल्पमाथि विचार गरिरहेको जनाएको छ। यसको अर्थ नयाँ नियम लागू भए पनि पहिलेबाटै बेलायतमा रहेका सबै आप्रवासीलाई एउटै ढंगले नयाँ व्यवस्थामा तानिने वा पुरानै नियमअनुसार प्रक्रिया अघि बढ्ने भन्ने विषय अझै टुंगिएको छैन।

सरकारले प्रस्तावमाथि ठूलो संख्यामा प्रतिक्रिया प्राप्त गरेको जनाएको छ। प्रस्तावित परिवर्तनप्रति ट्रेड युनियन तथा राजनीतिक वृत्तबाट समेत प्रश्न उठेका छन्। बेलायतमा पहिले नै काम गरिरहेका आप्रवासीको अपेक्षा र अधिकारलाई पछि गएर परिवर्तन गर्न नहुने आवाज पनि उठिरहेको छ।

आप्रवासनमा बेलायत थप कडा

पीआरसम्बन्धी बहससँगै बेलायत सरकारले गैरकानुनी आप्रवासन र गैरकानुनी रोजगारीमाथि निगरानी तथा कारबाही तीव्र बनाएको छ। साना डुंगामार्फत इंग्लिस च्यानल पार गरेर बेलायत प्रवेश गर्ने आप्रवासीको विषय पनि सरकारको आप्रवासन नीतिको प्रमुख मुद्दा बनेको छ। तर पीआरका लागि पाँच वर्षको व्यवस्था हटाएर १० वर्ष बनाउने प्रस्ताव अझै अन्तिम कानुन बनिसकेको छैन। त्यसैले अहिले बेलायतमा रहेका नेपालीसहित आप्रवासीले नयाँ नियम कहिलेदेखि लागू हुन्छ र आफूलाई त्यसले कसरी असर गर्छ भन्ने विषयमा सरकारको अन्तिम निर्णय पर्खनुपर्ने अवस्था छ। ५ वर्ष कि १० वर्ष? बेलायतमा स्थायी बसोबासको भविष्यबारे निर्णायक फैसला अब वर्षको अन्त्यतिर हुने देखिएको छ।

प्रकाशित मिति : २०८३, १० आश्विन आईतबार  ११ : २७ बजे

सोह्र श्राद्धमा पितृको सम्मान र श्रद्धा अनिवार्य छ : संस्कृतिविद् भट्टराई

काठमाडौं । सनातन तथा वैदिक परम्परामा पितृको सम्मान र स्मरणलाई

अविरल वर्षाले मलंगवा डुबानमा, जनजीवन प्रभावित

सर्लाही । रातिदेखि परेको अविरल वर्षाका कारण सर्लाही सदरमुकाम मलंगवा

बेलायतमा पीआरको बाटो संकटमा : ५ वर्षे नियम हटाएर १० वर्ष पुर्‍याउने तयारी

लन्डन । बेलायतमा स्थायी बसोबास अनुमति (ILR) पाउने अवधि ५

कालीगण्डकी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे, सबै सुरक्षित

पर्वत । कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला

जबराको पक्राउमा एमाले महासचिव पोखरेलको आपत्ति

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाराजगञ्जस्थित निवासबाट मध्यराति पक्राउ गरिएको