२०८३, ८ कार्तिक आईतबार

जेनजीबाट थ्रेट छ भन्दै दाइलाई पक्राउ गरिएछ : प्रभुशम्शेर

जेनजीबाट थ्रेट छ भन्दै दाइलाई पक्राउ गरिएछ : प्रभुशम्शेर


काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा प्रहरीबाट निवासबाटै पक्राउ परेका छन्। पक्राउको स्पष्ट कारण प्रहरीले औपचारिक रूपमा सार्वजनिक नगरेका बेला उनका भाइ प्रभुशम्शेरले ‘जेनजीबाट थ्रेट रहेको भन्दै दाइलाई पक्राउ गरिएको’ बताएका छन्।

प्रभुशम्शेरका अनुसार आइतबार राति अपराध अनुसन्धान कार्यालय टेकुको टोली महाराजगञ्जस्थित जबराको निवास पुगेको थियो। प्रहरी आएको जानकारी पाएपछि जबराले भाइलाई फोन गरेका थिए। त्यसपछि आफूलाई प्रहरीले ‘जेनजीहरूबाट तपाईंलाई थ्रेट छ’ भन्दै पक्राउ गरेर लगेको जबराले बताएको प्रभुशम्शेरको भनाइ छ।

जबरालाई हाल टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा राखिएको बताइएको छ। परिवारका सदस्यलाई समेत भेट्न नदिइएको र उनका छोरा भेटका लागि टेकु पुगेको प्रभुशम्शेरले जानकारी दिएका छन्।

जबरालाई पक्राउ गर्नुअघि अदालतबाट पक्राउ पुर्जी लिइएको वा नलिइएको विषयमा समेत प्रश्न उठेको छ। अदालतसम्बद्ध स्रोतलाई उद्धृत गर्दै पक्राउ पुर्जी नलिइएको दाबी गरिएको छ। यस्तो अवस्थामा जरुरी पक्राउ अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेको बताइएको छ।

तर जबरालाई कुन कसुर वा कुन उजुरीका आधारमा पक्राउ गरिएको हो भन्ने विषयमा प्रहरीको औपचारिक विवरण सार्वजनिक भएको छैन। पक्राउको कानुनी आधार र कारणबारे प्रहरीको आधिकारिक धारणा आएपछि घटनाबारे थप स्पष्ट हुने देखिन्छ।

प्रकाशित मिति : २०८३, १० आश्विन आईतबार  १० : ०८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना