२०८३, ८ कार्तिक आईतबार

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने


काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा भए सात दिनभित्र होर्मुज स्ट्रेट खोल्न सकिने जनाएको छ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकाले सम्झौतामा उल्लेखित सर्तहरू पूरा गरेपछि स्ट्रेट खोल्ने प्रक्रिया अघि बढाउन सकिने बताएका हुन्। अराघचीका अनुसार ती सर्तहरू अमेरिका र इरानबीच गत जुन १८ मा भएको १४ बुँदे समझदारीपत्र (एमओयू) मै समेटिएका छन्। यद्यपि उनले सर्तहरूको विस्तृत विवरण सार्वजनिक गरेनन्।

इरानले आफ्नो प्रस्ताव कतारमार्फत अमेरिकासमक्ष पठाइसकेको जानकारी दिँदै उनले अब निर्णय गर्ने जिम्मेवारी अमेरिकाको भएको बताए। उक्त एमओयूमा युद्धविराम लागू गर्ने, होर्मुज स्ट्रेट आंशिक रूपमा खोल्ने वातावरण तयार गर्ने तथा इरानको आणविक कार्यक्रमसँग सम्बन्धित विषय समेटिएका थिए। सम्झौतामा इरानले आणविक हतियार हासिल नगर्ने प्रतिबद्धता जनाउने, अमेरिका–इरान तथा उनीहरूका सहयोगी पक्षबाट विभिन्न मोर्चामा भइरहेका सैन्य अभियान अन्त्य गर्ने विषय पनि उल्लेख थियो।

त्यसैगरी अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्ने र इरानमाथि लगाइएका प्रतिबन्धमा राहत दिने विषयसमेत समझदारीमा समेटिएको बताइएको छ। यसै आधारमा इरानले अमेरिका सम्झौताका सर्त कार्यान्वयन गर्न तयार भए सात दिनभित्र होर्मुज स्ट्रेट पुनः खोल्न सकिने संकेत गरेको हो। यता एक अमेरिकी अधिकारीले बीबीसीसँग कुरा गर्दै दुवै देशबीच मध्यस्थमार्फत सकारात्मक वार्ता भइरहेको बताएका छन्। वार्तामा इरानको आणविक कार्यक्रमसम्बन्धी विषयसमेत समावेश रहेको उनको भनाइ छ।

विश्वकै महत्वपूर्ण ऊर्जा तथा सामुद्रिक व्यापारिक मार्गमध्ये एक मानिने होर्मुज स्ट्रेटलाई लिएर अमेरिका र इरानबीच भइरहेको पछिल्लो कूटनीतिक संवादलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ। स्ट्रेट खुल्ने वा नखुल्ने विषय भने दुई देशबीचको सहमति र त्यसको कार्यान्वयनमा निर्भर हुनेछ।

प्रकाशित मिति : २०८३, ९ आश्विन शनिबार  ९ : ४२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना