२०८३, ८ आश्विन शुक्रबार

काठमाडौंमा उर्लिए खोलानाला : कहाँ के छ अवस्था ?

काठमाडौंमा उर्लिए खोलानाला : कहाँ के छ अवस्था ?


काठमाडौं । लगातारको वर्षासँगै काठमाडौं उपत्यकाका नदी तथा खोलानालामा पानीको बहाव बढेको छ। बागमती, विष्णुमती, मनोहरा र गोदावरीलगायत नदीको जलसतह बढेपछि नदी किनारका क्षेत्रमा सतर्कता बढाइएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले असोज ८ देखि ११ गतेसम्म देशभर ठूलो वर्षाको जोखिम औँल्याउँदै काठमाडौं, भक्तपुर र ललितपुरका नदी तथा खोलामा समेत उल्लेख्य बहाव र आकस्मिक बाढी आउन सक्ने जनाएको छ।

काठमाडौं उपत्यकाको अवस्था :

  • बागमती नदी — जलसतह बढेको छ। च्यासल, शंखमुल र बागमती दोभान क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ।
  • विष्णुमती — बहाव बढेसँगै नदी किनार क्षेत्रमा उच्च सतर्कता आवश्यक देखिएको छ।
  • मनोहरा खोला — पानीको बहाव बढिरहेको छ।
  • गोदावरी खोला — जलसतह बढेपछि आसपासका क्षेत्रमा सतर्कता बढाइएको छ।
  • हनुमन्ते खोला — भक्तपुर क्षेत्रमा बाढीको जोखिम रहेको छ।

नदी किनारका बस्ती तथा जोखिमयुक्त क्षेत्रमा नेपाली सेना र नेपाल प्रहरीले गस्ती तथा माइकिङ गरिरहेका छन्। सर्वसाधारणलाई नदी तथा खोलाको किनारमा नजान र जोखिमपूर्ण स्थानमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले पनि प्रतिकूल मौसमी प्रणालीका कारण बाढीको पूर्वानुमान अवधि विस्तार गरेको जनाएको छ। प्रमुख नदीमा पाँच दिन र साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान अवधि दुई दिनसम्म पुर्‍याइएको छ।

प्रकाशित मिति : २०८३, ८ आश्विन शुक्रबार  ३ : ४६ बजे

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन, वसन्तपुरमा विशिष्ट व्यक्तिको जमघट

काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा राष्ट्रपति रामचन्द्र

काठमाडौंमा उर्लिए खोलानाला : कहाँ के छ अवस्था ?

काठमाडौं । लगातारको वर्षासँगै काठमाडौं उपत्यकाका नदी तथा खोलानालामा पानीको

एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको

आयल निगमको अध्यक्षमा रुद्रसिंह तामाङ, ‘नियमित र सहज आपूर्ति सुनिश्चित गर्छु’

काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी रुद्रसिंह

सोल्टी होटलमा व्यवस्थापनविरुद्ध तीन युनियन उत्रिए, ‘एकतर्फी सरुवा फिर्ता गर’

काठमाडौं । राजधानीको प्रतिष्ठित द सोल्टी होटलमा कर्मचारी सरुवाको विषयलाई