२०८३, ८ कार्तिक आईतबार

काठमाडौंमा उर्लिए खोलानाला : कहाँ के छ अवस्था ?

काठमाडौंमा उर्लिए खोलानाला : कहाँ के छ अवस्था ?


काठमाडौं । लगातारको वर्षासँगै काठमाडौं उपत्यकाका नदी तथा खोलानालामा पानीको बहाव बढेको छ। बागमती, विष्णुमती, मनोहरा र गोदावरीलगायत नदीको जलसतह बढेपछि नदी किनारका क्षेत्रमा सतर्कता बढाइएको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले असोज ८ देखि ११ गतेसम्म देशभर ठूलो वर्षाको जोखिम औँल्याउँदै काठमाडौं, भक्तपुर र ललितपुरका नदी तथा खोलामा समेत उल्लेख्य बहाव र आकस्मिक बाढी आउन सक्ने जनाएको छ।

काठमाडौं उपत्यकाको अवस्था :

  • बागमती नदी — जलसतह बढेको छ। च्यासल, शंखमुल र बागमती दोभान क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ।
  • विष्णुमती — बहाव बढेसँगै नदी किनार क्षेत्रमा उच्च सतर्कता आवश्यक देखिएको छ।
  • मनोहरा खोला — पानीको बहाव बढिरहेको छ।
  • गोदावरी खोला — जलसतह बढेपछि आसपासका क्षेत्रमा सतर्कता बढाइएको छ।
  • हनुमन्ते खोला — भक्तपुर क्षेत्रमा बाढीको जोखिम रहेको छ।

नदी किनारका बस्ती तथा जोखिमयुक्त क्षेत्रमा नेपाली सेना र नेपाल प्रहरीले गस्ती तथा माइकिङ गरिरहेका छन्। सर्वसाधारणलाई नदी तथा खोलाको किनारमा नजान र जोखिमपूर्ण स्थानमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले पनि प्रतिकूल मौसमी प्रणालीका कारण बाढीको पूर्वानुमान अवधि विस्तार गरेको जनाएको छ। प्रमुख नदीमा पाँच दिन र साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान अवधि दुई दिनसम्म पुर्‍याइएको छ।

प्रकाशित मिति : २०८३, ८ आश्विन शुक्रबार  ३ : ४६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना