२०८३, ८ कार्तिक आईतबार

आयल निगमको अध्यक्षमा रुद्रसिंह तामाङ, ‘नियमित र सहज आपूर्ति सुनिश्चित गर्छु’

आयल निगमको अध्यक्षमा रुद्रसिंह तामाङ, ‘नियमित र सहज आपूर्ति सुनिश्चित गर्छु’


काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी रुद्रसिंह तामाङले सम्हालेका छन्। उनले २०८३ असोज ८ गतेदेखि निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी ग्रहण गरेका हुन्।

जिम्मेवारी सम्हाल्दै अध्यक्ष तामाङले निगमको नेतृत्वलाई महत्वपूर्ण र संवेदनशील जिम्मेवारीका रूपमा लिएको बताएका छन्। उनले इमानदारी, निष्ठा र उच्च जिम्मेवारीबोधका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तामाङले देशभर पेट्रोलियम पदार्थको सरल, सहज, नियमित र सुलभ आपूर्ति सुनिश्चित गर्न निरन्तर प्रयत्नशील रहने बताएका छन्।

पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन मुलुकको अर्थतन्त्र, यातायात, उद्योग तथा आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले आपूर्ति प्रणालीलाई प्रभावकारी र व्यवस्थित बनाउनेतर्फ आफ्नो प्राथमिकता रहने उनको भनाइ छ।

निगमको संस्थागत जिम्मेवारीलाई प्रभावकारी रूपमा अघि बढाउँदै उपभोक्ताले सहज रूपमा पेट्रोलियम पदार्थ प्राप्त गर्ने वातावरण निर्माण गर्न आफू प्रतिबद्ध रहेको तामाङले बताएका छन्।

उनले अध्यक्षका रूपमा आफ्नो कार्यकालमा निगमको सेवा प्रवाह, आपूर्ति व्यवस्थापन र संस्थागत जिम्मेवारीलाई प्रभावकारी बनाउनेतर्फ आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : २०८३, ८ आश्विन शुक्रबार  ३ : ३० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना