२०८३, ९ कार्तिक सोमबार

भोलेन्टियर फोर्सको नेतृत्वबाट एमाले केन्द्रीय कमिटीमा पुगे पुष्पराज श्रेष्ठ

भोलेन्टियर फोर्सको नेतृत्वबाट एमाले केन्द्रीय कमिटीमा पुगे पुष्पराज श्रेष्ठ


काठमाडौं। नेशनल भोलेन्टियर फोर्सका अध्यक्ष पुष्पराज श्रेष्ठ नेकपा एमालेको केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका छन्।

एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले श्रेष्ठलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो। लामो समयदेखि सामाजिक अभियान, स्वयंसेवी परिचालन तथा पार्टीका विभिन्न गतिविधिमा सक्रिय श्रेष्ठलाई एमालेले केन्द्रीय सदस्यको जिम्मेवारी दिएको हो।

श्रेष्ठको नेतृत्वमा नेशनल भोलेन्टियर फोर्सले विभिन्न सामाजिक तथा विपद् व्यवस्थापनका अभियानमा स्वयंसेवक परिचालन गर्दै आएको छ। बाढी, पहिरो तथा अन्य विपद्का समयमा राहत र उद्धारमा स्वयंसेवक परिचालन गर्नुका साथै पार्टी नेतृत्वको सुरक्षामा समेत फोर्सले सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

केन्द्रीय सदस्यमा मनोनित भएसँगै श्रेष्ठले एमालेको केन्द्रीय तहमा राजनीतिक तथा संगठन निर्माणको अभियानमा भूमिका निर्वाह गर्ने भएका छन्। विशेषगरी युवालाई संगठनसँग जोड्ने, स्वयंसेवी शक्तिलाई संगठित गर्ने र युवाको नेतृत्व विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

श्रेष्ठको मनोनीतले नेशनल भोलेन्टियर फोर्समा आबद्ध कार्यकर्तामा उत्साह थपिएको छ। फोर्सका कार्यकर्ताले श्रेष्ठको नयाँ जिम्मेवारीलाई स्वयंसेवी अभियानमा सक्रिय युवाको राजनीतिक भूमिकालाई थप विस्तार गर्ने अवसरका रूपमा लिएका छन्।

एमालेको संगठन निर्माण र युवा परिचालनको अभियानमा श्रेष्ठको नयाँ जिम्मेवारीले नेशनल भोलेन्टियर फोर्स र पार्टी संगठनबीचको समन्वयलाई समेत थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, ८ आश्विन शुक्रबार  १ : ४४ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि