२०८३, ७ कार्तिक शनिबार

काठमाडौं उपत्यकाभित्रका नदी तटीय क्षेत्रमा जोखिम, प्रहरीले बढायो निगरानी

काठमाडौं उपत्यकाभित्रका नदी तटीय क्षेत्रमा जोखिम, प्रहरीले बढायो निगरानी


काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन् ।

काठमाडौं उपत्यकाका नदीहरूमा पानीको बहाव बढेपछि ट्राफिक प्रहरीले नदी तटीय क्षेत्र तथा करिडोरमा निगरानी बढाएको छ । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले काठमाडौं उपत्यकाका नदीहरूमा पानीको बहाव बढेपछि नदी किनार तथा करिडोर क्षेत्रमा रोकिएका सवारीसाधन हटाउन अनुरोध गरिएको र आवश्यकताअनुसार हटाउने काम भइरहेको बताएका छन् । 

उनले ट्राफिक प्रहरीलगायत सुरक्षा निकायले संयुक्त रूपमा नदी तटीय क्षेत्रमा निगरानी गरिरहेको बताए ।

उनले भने, ‘काठमाडौं उपत्यकाको नदीहरूमा पानीको बहाव बढिरहेको अवस्था छ । त्यसले गर्दा अहिले हाम्रो सुरक्षाकर्मीहरू, नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायत सबैले संयुक्त रूपमा नै यो नदीको तटीय क्षेत्रहरूमा निगरानी बढाएका छौं । सैसँगसँगै रोकिएका सवारी साधनलाई पनि हामीले हटाउनलाई अनुरोध गरेका छौं, हटाएका छौं ।’

विशेषगरी बागमती र विष्णुमती करिडोरमा सावधानी अपनाउन तथा सम्भव भएसम्म करिडोर सडक प्रयोग नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको उनले बताए । यससम्बन्धी सूचना मेट्रो ट्राफिक एफएममार्फत समेत निरन्तर सम्प्रेषण भइरहेको उनले जानकारी दिए । 

उनले भने, ‘त्यस्तैगरी विशेषगरी यो बागमती करिडोर, विष्णुमती करिडोरलगायत नदीका करिडोर क्षेत्रमा सकेसम्म बाटो युज नगर्नलाई हामीले सबै सर्वसाधारण नागरिकलाई अनुरोध गरेका छौं । मेट्रो ट्राफिक एफएमबाट पनि हामीले सूचना जारी, सम्प्रेषणहरू गरिराखेका छौं ।’

एसपी सुवेदीका अनुसार हालसम्म काठमाडौं उपत्यकाभित्र यातायात व्यवस्थापनमा ठूलो समस्या देखिएको छैन । सवारीसाधन सामान्य रूपमा सञ्चालन भइरहेका छन् । तर, उपत्यकाबाहिर जाने केही प्रमुख सडकखण्डमा अवरोध रहेकाले ती रुटमा जाने सवारीसाधनलाई काठमाडौंमै रोकिएको छ ।

विशेषगरी बीपी राजमार्ग, कान्ति लोकपथ, दक्षिणकाली–सिस्नेरी सडकखण्ड, पृथ्वी राजमार्गलगायत सडकमा अवरोध रहेकाले ती मार्गबाट सवारी सञ्चालन हुन नसकेको उनले बताए । 

मकवानपुरबाट त्रिभुवन राजपथ हुँदै काठमाडौं आउने सवारीसाधन भने सञ्चालनमा रहेका उनले बताए । 

अत्यावश्यक सामग्री बोकेका सवारीसाधन तथा बाटोमा रोकिएका यात्रु र सवारीसाधनको व्यवस्थापनमा प्रहरीले ध्यान दिइरहेको उनले बताए । त्यस्तै टोखा–छहरे हुँदै नुवाकोट जाने तथा साँखुतर्फ जाने सवारीसाधन पनि सञ्चालनमा रहेको उनले बताए । 

उपत्यकाका विभिन्न नदीमा पानीको बहाव बढे पनि विशेषगरी च्यासल र थापाथली क्षेत्रमा बहाव केही बढेको भन्दै प्रहरीले पैदलयात्रीलाई समेत उक्त सडक प्रयोग नगर्न आग्रह गरेको उनले जानकारी दिए । 

प्रकाशित मिति : २०८३, ८ आश्विन शुक्रबार  १२ : १४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना