२०८३, ८ आश्विन शुक्रबार

कोशी ब्यारेजमा पानीको बहाव १ लाख ९० हजार क्युसेक नाघ्यो, २४ ढोका खुला

कोशी ब्यारेजमा पानीको बहाव १ लाख ९० हजार क्युसेक नाघ्यो, २४ ढोका खुला


काठमाडौं । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार वर्षा भएपछि कोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ। कोशी ब्यारेजमा पानीको बहाव १ लाख ९० हजार ६८० क्युसेक प्रतिसेकेन्ड पुगेको छ।

शुक्रबार बिहान ९ः१५ बजे गरिएको मापनअनुसार ब्यारेजमा पानीको बहाव उच्च भएपछि कुल ५६ ढोकामध्ये २४ वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी होम ओलीले जानकारी दिए। कोशी ब्यारेजका मूलतर्फका ५२ र नहरतर्फका ४ गरी कुल ५६ वटा ढोका रहेका छन्। पानीको बहाव उच्च भएपछि खतराको संकेतस्वरूप ब्यारेजमा रातो बत्ती बालिएको र रातो झन्डा फहराइएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।

कन्ट्रोल रुमका अनुसार नदीमा पानीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले जलस्तरको अवस्था निरन्तर अनुगमन भइरहेको छ। पानीको सतह बढेसँगै कोशी नदी आसपासका तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले नदीको अवस्था जोखिमपूर्ण बन्न सक्ने भएकाले स्थानीय बासिन्दालाई सचेत रहन आग्रह गरेका हुन्। यसैबीच, मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार असोज ११ गते आइतबारसम्म कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ।

वर्षा थपिएमा कोशी नदीको जलस्तर अझ बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई नदी किनारमा नजान तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८३, ८ आश्विन शुक्रबार  १० : १४ बजे

इन्द्रजात्रामा सबै समुदायको सहभागिता हुन्छ, त्यसैले यो विशेष छ : डा.माधव भट्टराई

काठमाडौं । काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा वर्षा र सहकालका देवता

कोशी ब्यारेजमा पानीको बहाव १ लाख ९० हजार क्युसेक नाघ्यो, २४ ढोका खुला

काठमाडौं । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार वर्षा भएपछि

पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी

पृथ्वी राजमार्गको धादिङ खण्डमा सात ठाउँमा पहिरो, दुई स्थानमा सडक पूर्ण अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङ खण्डका विभिन्न

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १९६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १९६ वटा सवारीसाधनका