२०८३, ७ कार्तिक शनिबार

पहिरोले कान्तिलोकपथ ठप्प, ललितपुरका तीन ठाउँमा सडक बन्द

पहिरोले कान्तिलोकपथ ठप्प, ललितपुरका तीन ठाउँमा सडक बन्द


काठमाडौं । लगातारको वर्षापछि खसेको पहिरोका कारण काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध भएको छ।

ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाँचधुरे, पयाङधुर र टिकाभैरव क्षेत्रमा पहिरो खसेपछि सडकमा सवारी आवागमन पूर्णरूपमा रोकिएको ललितपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सडकभन्दा माथिबाट आएको पहिरोले सडक ढाकिएपछि यातायात सञ्चालन गर्न कठिनाइ भएको हो। अहिले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ। कान्तिलोकपथ हुँदै काठमाडौं र हेटौंडाबीच आवतजावत गर्ने सवारीसाधनलाई पहिरो हटाएपछि मात्रै सहज हुने प्रहरीले जनाएको छ। यसैबीच, मकवानपुरतर्फको कान्तिलोकपथमा भने अहिलेसम्म कुनै अवरोध नरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।

प्रहरीले सडक पूर्णरूपमा सञ्चालनमा नआएसम्म यात्रु तथा चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३, ८ आश्विन शुक्रबार  ९ : २३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना