काठमाडौं । लगातारको वर्षापछि खसेको पहिरोका कारण काठमाडौं–हेटौंडा जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध भएको छ।
ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाँचधुरे, पयाङधुर र टिकाभैरव क्षेत्रमा पहिरो खसेपछि सडकमा सवारी आवागमन पूर्णरूपमा रोकिएको ललितपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सडकभन्दा माथिबाट आएको पहिरोले सडक ढाकिएपछि यातायात सञ्चालन गर्न कठिनाइ भएको हो। अहिले पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ। कान्तिलोकपथ हुँदै काठमाडौं र हेटौंडाबीच आवतजावत गर्ने सवारीसाधनलाई पहिरो हटाएपछि मात्रै सहज हुने प्रहरीले जनाएको छ। यसैबीच, मकवानपुरतर्फको कान्तिलोकपथमा भने अहिलेसम्म कुनै अवरोध नरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।
प्रहरीले सडक पूर्णरूपमा सञ्चालनमा नआएसम्म यात्रु तथा चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।







प्रतिक्रिया