नुवाकोट, ८ असोज ः भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले प्रभावित विदुर नगरपालिकाको बासिन्दाका लागि आवास निर्माण गर्न बिहिबार बागमती प्रदेसका मुख्यमन्त्री किरण थापामगरले विदुर नगरपालिका वडा नं २ स्थित सार्वजनिक जग्गाको अवलोकन गर्नु भएको छ ।

बागमती प्रदेश सरकारले एक हजार घर निर्माण गर्न बजेट छुट्टाएकाले त्यसका लागि आवश्यक कार्यविधि जारी भएलगत्तै आवास निर्माण कार्य सुरु गर्ने उहाँले जानकारी दिनुभयो ।
बाढी प्रभावित नागरिकको सुरक्षित पुनस्र्थापना र आवासको सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री थापाले बताउनुभयो ।








प्रतिक्रिया