२०८३, ७ आश्विन बिहीबार

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश


काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न परमादेश जारी गरेको छ।

दाहालकी छोरी डेनी दाहालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासले उनलाई आजैका मितिबाट तारेखमा राखी रिहा गर्न आदेश दिएको हो।

सर्वोच्चले दाहाललाई थुनामा राखिरहनुपर्ने पर्याप्त आधार र कारण नदेखिएको ठहर गरेको छ। आदेशमा दाहालले संविधान र कानुनविपरीत हिंसात्मक आन्दोलनका लागि आह्वान गरेको नदेखिएको उल्लेख छ।

काठमाडौं जिल्ला अदालतले यसअघि बयान कार्य सम्पन्न गर्न भन्दै पहिलोपटक तीन दिनको म्याद थप गरेको थियो। तर दाहालको बयान असोज ६ गते नै सम्पन्न भइसकेको भन्दै सर्वोच्चले थप थुनामा राख्नुपर्ने आधार नरहेको जनाएको छ।

‘ग्रे-जोन’सम्बन्धी रिपोर्टबारे सामाजिक सञ्जालमा विचार व्यक्त गरेको आरोपमा दाहाललाई साइबर अपराधको कसुरमा असोज ४ गते मोरङको बेलबारीबाट पक्राउ गरिएको थियो।

सर्वोच्चको आदेशसँगै दाहालको हिरासत अन्त्य भएको छ।

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  ३ : ४२ बजे

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता हुने, केन्द्रीय कमिटीबाट अनुमोदन हुँदै

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेता हुने

ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहित ७ नेता एमाले स्थायी कमिटीमा मनोनीत

काठमाडौं । नेकपा एमालेले पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित सात जना

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न

यी हुन् एमाले केन्द्रीय कमिटीमा मनोनित नेताहरु (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनयन

एमाले केन्द्रीय कमिटी बैठकको चौथो दिन पनि जारी

ललितपुर । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज चौथो दिन