२०८३, ८ कार्तिक आईतबार

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश


काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न परमादेश जारी गरेको छ।

दाहालकी छोरी डेनी दाहालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासले उनलाई आजैका मितिबाट तारेखमा राखी रिहा गर्न आदेश दिएको हो।

सर्वोच्चले दाहाललाई थुनामा राखिरहनुपर्ने पर्याप्त आधार र कारण नदेखिएको ठहर गरेको छ। आदेशमा दाहालले संविधान र कानुनविपरीत हिंसात्मक आन्दोलनका लागि आह्वान गरेको नदेखिएको उल्लेख छ।

काठमाडौं जिल्ला अदालतले यसअघि बयान कार्य सम्पन्न गर्न भन्दै पहिलोपटक तीन दिनको म्याद थप गरेको थियो। तर दाहालको बयान असोज ६ गते नै सम्पन्न भइसकेको भन्दै सर्वोच्चले थप थुनामा राख्नुपर्ने आधार नरहेको जनाएको छ।

‘ग्रे-जोन’सम्बन्धी रिपोर्टबारे सामाजिक सञ्जालमा विचार व्यक्त गरेको आरोपमा दाहाललाई साइबर अपराधको कसुरमा असोज ४ गते मोरङको बेलबारीबाट पक्राउ गरिएको थियो।

सर्वोच्चको आदेशसँगै दाहालको हिरासत अन्त्य भएको छ।

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  ३ : ४२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना