२०८३, ८ आश्विन शुक्रबार

जेनजी आन्दोलनका मुद्दा टुंग्याउन सरकारसँग सांसद कुँवरको माग

जेनजी आन्दोलनका मुद्दा टुंग्याउन सरकारसँग सांसद कुँवरको माग


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद श्रद्धा कुँवर क्षेत्रीले जेनजी आन्दोलनका क्रममा उठेका युवाका मुद्दा अझै टुंगोमा नपुगेको भन्दै तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेकी छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कुँवरले असन्तोष र परिवर्तनको चाहना एकै दिन जन्मिने विषय नभएको बताइन् । आफूहरू आज जुन स्थानमा उभिएर आवाज उठाइरहेका छन्, त्यसको पृष्ठभूमिमा जेनजी आन्दोलन रहेको भन्दै उनले आन्दोलनको उद्देश्य र युवाका माग बिर्सन नहुने बताइन् ।

उनले भनिन्, ‘असन्तोष एकै दिन जन्मिँदैन र परिवर्तनको चाहना पनि एकै दिन सडकमा आउदैन् । हामी सबैको आआफ्ना क्षमता र योगदान संघष होलान् । आज हामी जुन ठाउँमा छौँ । जुन आवाज लिएर यस सदनमा उभिएका छौँ । त्यसको दिन जेनजी आन्दोलन हो भन्ने कुरा हामीले बिर्सन हुदैन् ।’

जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दा पनि युवाहरूका मुद्दा समाधान हुन नसकेको भन्दै उनले ढिलाइको कारणबारे सरकार गम्भीर हुनुपर्ने बताइन् ।

कानुन कार्यान्वयनमा समस्या भए सुधार गर्नुपर्ने र न्याय प्रक्रियामा ढिलाइ भएको भए त्यसलाई सम्बोधन गर्नुपर्ने उनले बताइन् । उनले आन्दोलनका क्रममा प्रभावित परिवारले अझै न्यायको प्रतीक्षा गरिरहेको बताइन् । 

उनले चाडपर्वका बेला समेत सयौँ आमाहरू आफ्ना छोराछोरी घर फर्किन्छन् कि भन्ने आशामा बसिरहेको भन्दै आन्दोलनसँग सम्बन्धित विषयलाई थप ढिलाइ नगरी निष्कर्षमा पु¥याउन सरकारसँग माग गरिन् । 

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  १ : ३६ बजे

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन, वसन्तपुरमा विशिष्ट व्यक्तिको जमघट

काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा राष्ट्रपति रामचन्द्र

काठमाडौंमा उर्लिए खोलानाला : कहाँ के छ अवस्था ?

काठमाडौं । लगातारको वर्षासँगै काठमाडौं उपत्यकाका नदी तथा खोलानालामा पानीको

एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको

आयल निगमको अध्यक्षमा रुद्रसिंह तामाङ, ‘नियमित र सहज आपूर्ति सुनिश्चित गर्छु’

काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी रुद्रसिंह

सोल्टी होटलमा व्यवस्थापनविरुद्ध तीन युनियन उत्रिए, ‘एकतर्फी सरुवा फिर्ता गर’

काठमाडौं । राजधानीको प्रतिष्ठित द सोल्टी होटलमा कर्मचारी सरुवाको विषयलाई