२०८३, ८ आश्विन शुक्रबार

पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई आक्रमण

पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई आक्रमण


काठमाडौं । पाकिस्तानले अफगानिस्तानका विभिन्न १० स्थानमा ड्रोन र हवाई आक्रमण गरेको दाबी गरेको छ । इस्लामाबादले यसलाई अफगानिस्तानबाट आएको भनिएको ड्रोन आक्रमणको प्रयासको जवाफ भएको जनाएको छ ।

पाकिस्तानी सञ्चारमन्त्री अताउल्लाह तारारका अनुसार पाकिस्तानले ‘आत्मरक्षाको सार्वभौम अधिकार’ प्रयोग गर्दै ड्रोन प्रक्षेपण र भण्डारणका लागि प्रयोग गरिएका भनिएका १० स्थानमा लक्षित हवाई तथा ड्रोन आक्रमण गरेको हो । उनले ती आक्रमण ‘सुनियोजित, सटीक, सीमित र सैन्य लक्ष्यमा मात्रै केन्द्रित’ रहेको दाबी गरेका छन् ।

यो आक्रमण केही दिनअघि पाकिस्तानले अफगानिस्तानका कुनार र पक्तिका प्रान्तमा गरेको हवाई आक्रमणपछि भएको हो । अफगानिस्तानले त्यसबेला तीन सर्वसाधारणको मृत्यु भएको र चार जना घाइते भएको जनाएको थियो ।

अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानले नागरिक बस्तीलाई निशाना बनाएको आरोप लगाउँदै यसलाई ‘आक्रमण र अपराधको पुनरावृत्ति’ भनेका छन् । उनले पाकिस्तानले आफ्नै आन्तरिक सुरक्षा समस्याबाट ध्यान मोड्न यस्तो कदम चालेको दाबी गर्दै ‘उचित जवाफ दिने’ चेतावनी दिएका छन् ।

स्थानीय सञ्चारमाध्यम टोलोन्युजका अनुसार यसअघि पाकिस्तानी लडाकु विमानले पक्तिकाको बर्माल जिल्ला र कुनारका विभिन्न क्षेत्रमा आक्रमण गरेका थिए । संयुक्त राष्ट्रसंघीय अफगानिस्तान सहायता नियोगका अनुसार सन् २०२६ को अप्रिलदेखि जुनसम्म सीमापार सशस्त्र हिंसाबाट अफगानिस्तानमा ३९९ जना सर्वसाधारण प्रभावित भएका छन् । यस अवधिमा ५७ जनाको मृत्यु र ३४२ जना घाइते भएका थिए, जसमा ४० महिला र ११२ बालबालिका रहेका छन् ।

संयुक्त राष्ट्रसंघीय अफगानिस्तान सहायता नियोगले उक्त अवधिमा अफगानिस्तानभित्र अभिलेख गरिएका सबै सीमापार नागरिक क्षतिलाई पाकिस्तानी सुरक्षा बलसँग सम्बन्धित रहेको जनाएको छ । पक्तिया, पंक्तिका र कुनार हवाई आक्रमणबाट सबैभन्दा बढी प्रभावित प्रान्तमध्ये रहेका छन् । पाकिस्तान र अफगानिस्तानबीच पछिल्ला दिनहरूमा सीमापार तनाव लगातार बढ्दै गएको छ । एएनआई

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  ११ : ४० बजे

आयल निगमको अध्यक्षमा रुद्रसिंह तामाङ, ‘नियमित र सहज आपूर्ति सुनिश्चित गर्छु’

काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी रुद्रसिंह

सोल्टी होटलमा व्यवस्थापनविरुद्ध तीन युनियन उत्रिए, ‘एकतर्फी सरुवा फिर्ता गर’

काठमाडौं । राजधानीको प्रतिष्ठित द सोल्टी होटलमा कर्मचारी सरुवाको विषयलाई

सी चिनफिङको सम्मानमा ह्वाइट हाउसमा स्वागत भोज, दुवै राष्ट्राध्यक्षले गरे सम्बोधन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

वर्षाले काठमाडौंमा तरकारी आपूर्ति ८५ प्रतिशत घट्यो, भाउ आकाशियो

काठमाडौं । लगातारको वर्षा र बाढीपहिरोका कारण काठमाडौं उपत्यकामा तरकारीको

एसियन गेम्स क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो

काठमाडौं। जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विजयी