२०८३, ६ आश्विन बुधबार

ओलीलाई सम्मानजनक बहिर्गमनको प्रस्ताव, योगेशले मागे तत्काल नयाँ नेतृत्व

ओलीलाई सम्मानजनक बहिर्गमनको प्रस्ताव, योगेशले मागे तत्काल नयाँ नेतृत्व


काठमाडौं । नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस फेरि सतहमा आएको छ। एमाले उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानजनक रूपमा नेतृत्वबाट बिदा भएर नयाँ नेतृत्व निर्माणका लागि बाटो खोल्न आग्रह गरेका छन्।

जारी तेस्रो केन्द्रीय कमिटी बैठकमा भट्टराईले ‘वर्तमान चुनौती र पार्टीको बहुआयामिक पुनर्गठनका लागि प्रस्ताव’ शीर्षकको अवधारणापत्र पेस गर्दै नेतृत्व हस्तान्तरणलाई अब टार्न नहुने धारणा राखेका हुन्। प्रतिनिधिसभा निर्वाचनको पराजय र विकसित राजनीतिक परिस्थितिको समीक्षा गर्दै उनले पार्टीलाई नयाँ गति दिन नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन्।

भट्टराईले ओलीलाई लक्षित गर्दै भनेका छन्, ‘पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्वको जिम्मेवारीबाट सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्व निर्माणका लागि मार्गप्रशस्त गर्नुपर्दछ।’ उनले नेतृत्व परिवर्तनसँगै पार्टीको सांगठनिक पुनर्गठनलाई पनि अघि बढाउनुपर्ने प्रस्ताव गरेका छन्। त्यसका लागि तत्काल राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक र विधान महाधिवेशन बोलाउन उनले माग गरेका छन्। भट्टराईले आमसहमतिबाट नयाँ नेतृत्व चयन गरी आवश्यकताअनुसार विधान संशोधन गर्नुपर्ने प्रस्तावसमेत अघि सारेका छन्। उनले पदाधिकारीको कार्यकाल अधिकतम दुई कार्यकाल र ७० वर्षे उमेरहद पुनःस्थापित गर्नुपर्ने धारणा राखेका छन्।

त्यसैगरी भदौ २३–२४ का घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन तथा प्राकृतिक विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरण गठन गर्नुपर्ने प्रस्ताव पनि अवधारणापत्रमा समेटिएको छ। भट्टराईको प्रस्तावले एमाले बैठकमा नेतृत्व हस्तान्तरण, संगठन पुनर्गठन र विधान संशोधनको बहसलाई एकैपटक तीव्र बनाएको छ।

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  १२ : २० बजे

ओलीलाई सम्मानजनक बहिर्गमनको प्रस्ताव, योगेशले मागे तत्काल नयाँ नेतृत्व

काठमाडौं । नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस फेरि सतहमा आएको

विदेशमा रहेका नेपालीको आवाज एमालेले सुन्नुपर्छ : डा. भीष्म अधिकारी

ललितपुर । नेकपा एमालेका केन्द्रीय सदस्य डा. भीष्म अधिकारीले विदेशमा

प्रवासी नेपाली मञ्च जापानमा भण्डारीको नेतृत्व, यस्तो बन्यो नयाँ कमिटी

जापान । प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी जापानको अध्यक्षमा बाबुराम

एमाले बैठकमा राजन भट्टराईको जोडः नयाँ पुस्ताले पार्टीमा भविष्य देख्नुपर्छ

काठमाडौं । नेकपा एमालेका सचिव राजन भट्टराईले पार्टीको आगामी दिशाबारे

वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको पुर्ननिर्माणका लागि सहयोग गर्न स्थानीय तहलाई आग्रह

ललितपुर, ७ असोज । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भदौ