२०८३, ६ आश्विन बुधबार

विदेशमा रहेका नेपालीको आवाज एमालेले सुन्नुपर्छ : डा. भीष्म अधिकारी

विदेशमा रहेका नेपालीको आवाज एमालेले सुन्नुपर्छ : डा. भीष्म अधिकारी


ललितपुर । नेकपा एमालेका केन्द्रीय सदस्य डा. भीष्म अधिकारीले विदेशमा रहेका नेपालीलाई केवल रेमिट्यान्स पठाउने नागरिकका रूपमा नहेरी उनीहरूको राजनीतिक र नागरिक सरोकारलाई पार्टीको एजेन्डामै समेट्नुपर्ने बताएका छन्।

जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै अधिकारीले वैदेशिक रोजगारी, अध्ययन र व्यवसायका कारण ठूलो संख्यामा नेपाली विदेशमा रहेको भन्दै उनीहरूका माग सम्बोधनमा एमाले खुला र सकारात्मक हुनुपर्ने बताए।

उनले विदेशमा रहेका नेपालीलाई वंशजको नागरिकता दिने विषयमा पार्टी सकारात्मक रूपमा अघि बढ्नुपर्ने धारणा राखे। अधिकारीले पछिल्लो निर्वाचनको सन्दर्भ जोड्दै विदेशमा रहेका नेपालीले आफ्नो परिवार र आफन्तमार्फत नेपालमा राजनीतिक प्रभाव पारिरहेको बताए। डायस्पोराको यो प्रभाव आगामी दिनमा अझ विस्तार हुने भन्दै उनले पार्टीले प्रवासी नेपालीसँगको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार वैदेशिक रोजगारी अब केवल आर्थिक विषय रहेन। यसले परिवार, समाज, जनसांख्यिक संरचना हुँदै नेपालको घरेलु राजनीतिसमेत प्रभावित गरिरहेको छ। त्यसैले अन्तर्राष्ट्रिय बसाइँसराइ र त्यसको राजनीतिक प्रभावबारे एमालेभित्र गम्भीर अध्ययन र बहस आवश्यक रहेको उनले बताए। ‘विदेशमा रहेका नेपालीले नेपालको राजनीतिमा पार्ने प्रभाव रोकिँदैन, बढ्दै जान्छ,’ अधिकारीको भनाइ थियो, ‘त्यसैले उनीहरूका सवाललाई बेवास्ता गरेर अब नेपालको राजनीति बुझ्न सकिँदैन।’

पहिलो संविधानसभा कालमै जनसङ्ख्या र बसाइँसराइका विषय संसदमा प्रवेश गराएका अधिकारी जनसङ्ख्या तथा बसाइँसराइका लागि सांसदहरूको मञ्च (एनएफपिपिडी)का महासचिवसमेत हुन्।

प्रकाशित मिति : २०८३, ७ आश्विन बिहीबार  १२ : ०८ बजे

ओलीलाई सम्मानजनक बहिर्गमनको प्रस्ताव, योगेशले मागे तत्काल नयाँ नेतृत्व

काठमाडौं । नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस फेरि सतहमा आएको

विदेशमा रहेका नेपालीको आवाज एमालेले सुन्नुपर्छ : डा. भीष्म अधिकारी

ललितपुर । नेकपा एमालेका केन्द्रीय सदस्य डा. भीष्म अधिकारीले विदेशमा

प्रवासी नेपाली मञ्च जापानमा भण्डारीको नेतृत्व, यस्तो बन्यो नयाँ कमिटी

जापान । प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी जापानको अध्यक्षमा बाबुराम

एमाले बैठकमा राजन भट्टराईको जोडः नयाँ पुस्ताले पार्टीमा भविष्य देख्नुपर्छ

काठमाडौं । नेकपा एमालेका सचिव राजन भट्टराईले पार्टीको आगामी दिशाबारे

वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको पुर्ननिर्माणका लागि सहयोग गर्न स्थानीय तहलाई आग्रह

ललितपुर, ७ असोज । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भदौ