२०८३, ६ कार्तिक शुक्रबार

नेपालकै ठूलो मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर १’ अक्टोबर १० मा

नेपालकै ठूलो मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर १’ अक्टोबर १० मा


काठमाडौं । नेपालमा प्रोफेसनल कम्ब्याट स्पोर्ट्सलाई नयाँ उचाइ दिने उद्देश्यसहित ‘फ्युजन फाइट च्याप्टर १’ आयोजना हुने भएको छ। प्रतियोगिता आगामी अक्टोबर १०, २०२६ मा काठमाडौंको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (LOD) मा हुनेछ।

आयोजकका अनुसार प्रतियोगितामा विशुद्ध मुवाथाई नियमअन्तर्गत ११ वटा रोमाञ्चक बाउट हुनेछन्। प्रतियोगितामा नेपालका २२ जना एलिट फाइटर रिङमा भिड्नेछन्। प्रतियोगिताको मुख्य आकर्षणका रूपमा सुष्मा चौधरी र रजिना विष्टबीचको भिडन्त तय गरिएको छ। दर्शकलाई अन्तर्राष्ट्रियस्तरको खेल अनुभव दिने उद्देश्यले एलओडीमा विशेष रिङ, लाइटिङ र उत्पादन व्यवस्थापन गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडी तथा डिजिटल ओटीटी प्लेटफर्म म्याक्स अनबाट हुनेछ। प्रत्यक्ष उपस्थित भएर प्रतियोगिता हेर्न चाहने दर्शकले ईसेवामार्फत टिकट खरिद गर्न सक्नेछन्।

आयोजकले यसअघिका कम्ब्याट स्पोर्ट्स इभेन्टभन्दा प्रतियोगितालाई थप व्यावसायिक, व्यवस्थित र परिष्कृत ढंगले प्रस्तुत गर्ने जनाएको छ।

प्रकाशित मिति : २०८३, ६ आश्विन बुधबार  १० : ५९ बजे

३५ वर्षमा देशले ठूलो फड्को मारेको छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री महेश बस्नेतले पछिल्लो

हिमपातमा बेपत्ता ३०७ पशुको २७ दिनपछि जीवितै उद्धार

सुर्खेत । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट