२०८३, ६ आश्विन बुधबार

नेपालकै ठूलो मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर १’ अक्टोबर १० मा

नेपालकै ठूलो मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर १’ अक्टोबर १० मा


काठमाडौं । नेपालमा प्रोफेसनल कम्ब्याट स्पोर्ट्सलाई नयाँ उचाइ दिने उद्देश्यसहित ‘फ्युजन फाइट च्याप्टर १’ आयोजना हुने भएको छ। प्रतियोगिता आगामी अक्टोबर १०, २०२६ मा काठमाडौंको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (LOD) मा हुनेछ।

आयोजकका अनुसार प्रतियोगितामा विशुद्ध मुवाथाई नियमअन्तर्गत ११ वटा रोमाञ्चक बाउट हुनेछन्। प्रतियोगितामा नेपालका २२ जना एलिट फाइटर रिङमा भिड्नेछन्। प्रतियोगिताको मुख्य आकर्षणका रूपमा सुष्मा चौधरी र रजिना विष्टबीचको भिडन्त तय गरिएको छ। दर्शकलाई अन्तर्राष्ट्रियस्तरको खेल अनुभव दिने उद्देश्यले एलओडीमा विशेष रिङ, लाइटिङ र उत्पादन व्यवस्थापन गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडी तथा डिजिटल ओटीटी प्लेटफर्म म्याक्स अनबाट हुनेछ। प्रत्यक्ष उपस्थित भएर प्रतियोगिता हेर्न चाहने दर्शकले ईसेवामार्फत टिकट खरिद गर्न सक्नेछन्।

आयोजकले यसअघिका कम्ब्याट स्पोर्ट्स इभेन्टभन्दा प्रतियोगितालाई थप व्यावसायिक, व्यवस्थित र परिष्कृत ढंगले प्रस्तुत गर्ने जनाएको छ।

प्रकाशित मिति : २०८३, ६ आश्विन बुधबार  १० : ५९ बजे

ओलीलाई सम्मानजनक बहिर्गमनको प्रस्ताव, योगेशले मागे तत्काल नयाँ नेतृत्व

काठमाडौं । नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस फेरि सतहमा आएको

विदेशमा रहेका नेपालीको आवाज एमालेले सुन्नुपर्छ : डा. भीष्म अधिकारी

ललितपुर । नेकपा एमालेका केन्द्रीय सदस्य डा. भीष्म अधिकारीले विदेशमा

प्रवासी नेपाली मञ्च जापानमा भण्डारीको नेतृत्व, यस्तो बन्यो नयाँ कमिटी

जापान । प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी जापानको अध्यक्षमा बाबुराम

एमाले बैठकमा राजन भट्टराईको जोडः नयाँ पुस्ताले पार्टीमा भविष्य देख्नुपर्छ

काठमाडौं । नेकपा एमालेका सचिव राजन भट्टराईले पार्टीको आगामी दिशाबारे

वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको पुर्ननिर्माणका लागि सहयोग गर्न स्थानीय तहलाई आग्रह

ललितपुर, ७ असोज । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भदौ